News Portal

कवि हेनसेन याक्खाको कविता “अब हामीले” वाचन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४२५ पटक

नसा भित्र डुबेकालाई
नसा बाहिर ल्याउनुछ अब हामीले
बाटो बिराएकाहरूलाई
बाटो देखाउनुछ अब हामीले

साथीभाइको दबाबमा
कुलतमा लागेकालाई
साथ र आट दिएर
कुलतबाट छुटाउनुछ अब हामीले

तनाव र चिन्ता बोकी
दुर्व्यशनमा फसेकाहरूको
कालो मैलो भ्रमलाई
सबै मिली चिरिदिनुछ अब हामीले

आर्थिक स्वतन्त्रताले मातिएर
दुर्व्यशनको शिकार बनेकालाई
दुख र अभावको
परिचय दिनुछ अब हामीले

असफलताको कारण
दुर्व्यशनी बनेकालाई
कोशिसको महत्व
बुझाउनुछ अब हामीले
यस्तै यस्तै विविध कारण
समाजछाडी टाढा टाढा भाग्न खोज्नेहरुलाई
धेरै धेरै माया दिंदै यहि समाजमा
पुनर स्थापित गर्नुछ अब हामीले
करोडौको भिडमा पनि एक्लिनेहरूलाई
न्यानो न्यानो साथ र भरोसा दिनुछ अब हामीले

हेनसेन याक्खा
धरान-१६, सुनसरी, कोशी नेपाल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...