News Portal

प्रदेश १ मा आज एक दिन सार्वजनिक बिदा

हिमालीसंचार संवाददाता
२०६ पटक

विराटनगर – प्रदेश १ सरकारले आज एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिने निर्णय गरेको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको संक्रमणका कारण उपचारत थापाको बुधबार विराटनगर स्थित नोबेल मेडिकल कलेजमा निधन भएको मन्त्री थापाको शोकमा आज एक दिन सरकारले शोक विदा दिएको हो।

प्रदेश नं. १ मा प्रदेश सरकारले आज एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले हिमालीसंचारडटकमसंग बताए । मन्त्री थापा आगामी ४ मंसिरमा हुन गइरहेको मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार समेत थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...