News Portal

  • बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपीएफले उचाल्यो

    हिमालीसंचार संवाददाता
    ३२३ पटक

    बेलबारी – मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल एपीएफले हात पारेको छ ।

    राजारानी क्लब धनकुटालाई बुधबार ०-१ गोल अन्तरले पराजित गर्दै  एपीएफ काठमाडौंले उपाधि उचालेको  हो। एपीएफका लागि खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । धनकुटा राजारानीका गोलरक्षक पुजन होनाले रोक्ने क्रममा रिबाउण्ड भएको बललाई कार्कीले पोस्टमा दिशा दिएका एपीएफका लागि निर्णायक गोल गरेका थिए ।

    प्रतियोगिताको विजेता एपीएफले नगद रू ८ लाख १ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भयो। उपविजेता राजारानी क्लब धनकुटाले नगद  रू ४ लाख १ हजार  पुरस्कार प्राप्त गर्यो । खेलको म्यान अफ द म्याच गोलकर्ता हरि कार्की घोषित भए । उनले नगद पुरस्कारसहित ट्रफि हात पारे। 

    वेष्ट गोल किपर  एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेष्ट  डिफ्रेन्स पिटर सैगुन, वेष्ट मिडफिल्डर मणि लामा एपिएफ, वेष्ट स्टाईकर बुद्घ चेम्जोङ राजारानी,  वेष्ट कोच सुदिप श्रेष्ठ सशस्त्र, राईजिङ प्लेयर कासिम राई आयोजक डाँगीहाट, हाईस्कोर फोडे फोफोना सहलेस सिराहा, सर्वोकृष्ट खेलाडी टोपबहादुर विष्ट सशस्त्र प्रहरीका घोषित भए ।

    प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रू २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५-१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे । 

    प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरी १० वटा टिम सहभागी खेलमा गत १५ गतेदेखि प्रतियोगिता सुरू भएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वास्तवा राईले हिमालीसंचारडटकमसंग बताए। प्रमुख अतिथि नगर प्रमुख दिलप्रसाद राईले डाँगीहाट यूथ क्लबले आयोजना गरेको मोफसलकै सर्वाधिक लोकप्रिय र बढी पुरस्कार राशिसहितको गोल्डकपले नगरको गरिमा बढाएको, खेल क्षेत्र र खेलाडीलाई अवसर र प्रोत्साहन प्रदान गरेको उल्लेख गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...