News Portal

धरान नगरले फोहोर अनुगमन शुरु ग-यो, घर-पसल अगाडी फोहोर गर्नेलाई कार्वाही गर्ने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३२४ पटक

धरान – धरान उपमहानगरपालिका धरानले अनुगमन शुरु गरेको छ। नगरले आफ्ना घर अगाडिको फोहोर मैला गर्ने घर-पसल वा व्यापारीलाई कार्वाही गर्ने भएको छ। नगरले धरान १८ देखि भोटेपुलसम्म फोहोर अनुगमन शुरु गरेको छ।

हिजोदेखि शुरु गरिएको अनुगमन शहरका विभिन्न वडाहरुमा फोहोर अनुगमन जारी राख्ने धरान उपमहानगरपालिकाको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले हिमालीसंचारडटकमसंग बताए। आज विहान ७ बजेदेखि धनकुटे रोड हुदै भोटेपुलसम्म अनुगमन गर्ने समेत बताए। अब नगरभित्रका हरेक चोक बस्ति र  वडाहरुमा अनुगमन जारी राख्ने बताएका नगर प्रहरी प्रमुख कोइरालले अटेर गर्ने घर घनी वा व्यावसाय गर्ने सम्बन्धित व्यक्तिलाई कानून अनुसार कारवाही गर्ने बताए। 

नगरलाई सफा राख्न प्रत्येक नगरबासीको महत्वपूर्ण सहयोग आवश्यक रहेको धरान उपमहानगरपालिकाको वातावरण महाशाखा प्रमुख भेषराज धिमिरेले बताए। हामीले प्रयोग गर्ने पलाष्टिक जन्य पदार्थले फोहोर व्यावस्थापनमा ठुलो समस्य भइरहेको बताए। 

धरान -१८ बुद्धचोकदेखि शुरु गरिएको अनुगमन अब निरन्तर कायम रहने नगरपालिकाले जनाएको छ। आफ्नो घर वा पसल अगाडि फोहोर गर्ने सम्बन्धित पक्षलाई कार्वाही गर्ने भएको हो। त्यस्ता फोहोर गर्ने व्यक्तिको भए घर नम्बर र पसल वा संधसंस्था वा व्यापारीको पान/भ्याट नम्बर टिपोर्ट गरी राजस्व शाखामा कार्वाहीका लागि पठाइने नगर प्रहरी प्रमुख कोइरालाले बताए। 

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...