News Portal

धरान नगरले फोहोर अनुगमन शुरु ग-यो, घर-पसल अगाडी फोहोर गर्नेलाई कार्वाही गर्ने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३०८ पटक

धरान – धरान उपमहानगरपालिका धरानले अनुगमन शुरु गरेको छ। नगरले आफ्ना घर अगाडिको फोहोर मैला गर्ने घर-पसल वा व्यापारीलाई कार्वाही गर्ने भएको छ। नगरले धरान १८ देखि भोटेपुलसम्म फोहोर अनुगमन शुरु गरेको छ।

हिजोदेखि शुरु गरिएको अनुगमन शहरका विभिन्न वडाहरुमा फोहोर अनुगमन जारी राख्ने धरान उपमहानगरपालिकाको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले हिमालीसंचारडटकमसंग बताए। आज विहान ७ बजेदेखि धनकुटे रोड हुदै भोटेपुलसम्म अनुगमन गर्ने समेत बताए। अब नगरभित्रका हरेक चोक बस्ति र  वडाहरुमा अनुगमन जारी राख्ने बताएका नगर प्रहरी प्रमुख कोइरालले अटेर गर्ने घर घनी वा व्यावसाय गर्ने सम्बन्धित व्यक्तिलाई कानून अनुसार कारवाही गर्ने बताए। 

नगरलाई सफा राख्न प्रत्येक नगरबासीको महत्वपूर्ण सहयोग आवश्यक रहेको धरान उपमहानगरपालिकाको वातावरण महाशाखा प्रमुख भेषराज धिमिरेले बताए। हामीले प्रयोग गर्ने पलाष्टिक जन्य पदार्थले फोहोर व्यावस्थापनमा ठुलो समस्य भइरहेको बताए। 

धरान -१८ बुद्धचोकदेखि शुरु गरिएको अनुगमन अब निरन्तर कायम रहने नगरपालिकाले जनाएको छ। आफ्नो घर वा पसल अगाडि फोहोर गर्ने सम्बन्धित पक्षलाई कार्वाही गर्ने भएको हो। त्यस्ता फोहोर गर्ने व्यक्तिको भए घर नम्बर र पसल वा संधसंस्था वा व्यापारीको पान/भ्याट नम्बर टिपोर्ट गरी राजस्व शाखामा कार्वाहीका लागि पठाइने नगर प्रहरी प्रमुख कोइरालाले बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...