News Portal

टिकाको दिन अर्थात (भोलि) यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम

हिमाली संचार संवाददाता
५८३ पटक

काठमाडौं -भोलि अर्थात कार्तिक  २ गते विजया दशमी  आफूभन्दा ठूलाको हातबाट टिका ग्रहण गर्ने दिन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट ९ः४५ बजेदेखि १० बजेसम्म टिका ग्रहण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

यस्तो छ प्रधानमन्त्री ओलीको भोलिको कार्यक्रमः–
विहान ९ः४५–१०.०० : प्रधानमन्त्रीद्वारा पिता मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण ।

विहान १०.०० पछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण ।

दिउँसो १.०० : प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टिका ग्रहण ।

दिउँसो २ः०० : माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण ।

अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्बसाधारणहरुद्वारा प्रधानमन्त्रीबाट टिका ग्रहण ।

साँझ ६ः०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा प्रधानमन्त्रीबाट टिका ग्रहण ।

एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ः०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण समय तालिका तय गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...