News Portal

सेवक अभियानको सरसफाई कार्यक्रम १०९औं हप्तामा प्रवेश, मेयर साम्पाङले अभियानमा सहयोग गर्ने प्रतिबद्धा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२७४ पटक

धरान – धरान उपमहानगरपालिका धरानलाई क्लिन शहर बनाउने उदेश्यका साथ सेवक अभियानले शुरु गरिएको अभियान आज १०९ औं हप्ता पुरा गरेको छ। यस अभियानमा मेयर हर्क साम्पाङले हरेक सोमबार सहभागी भएर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। 

सेवक अभियानले वाल्क फर हेल्थ भन्ने नाराका साथमा शुरु गरिएको अभियानमा मेयर साम्पाङ विहान ७ बजे अगावै धरान १४ स्थित पञ्चकन्य क्षेत्रमा पुगेर सरसफाई अभियानमा आफ्नो सहभागिता जनाएका थिए। धरान वडा नं. १४ स्थित एतिहासिक विजयपुरगढी क्षेत्रमा रहेको पञ्चकन्य मन्दिरदेखि विजयपुर दरबार क्षेत्रमा फालिएका पलाष्टिक लगायतका फोहोर संकलन गरिएको थियो । उक्त अभियानमा मन्दिर दर्शनका लागि आएका श्रदालु भक्तजनहरुले समेत सरसफाई अभियानमा सहभागी भएका थिए। 

सेवक अभियानले हरेक हप्ताको सोमबार एक धण्टा सरसफाई कार्यक्रम गर्दै आएको छ। जनतामा जाकरुकता ल्याउने उदेश्यका साथमा विशेष गरेर मन्दिर परिसर, सार्वजनिक स्थलहरुमा आफ्नो अभियान केन्द्रत राख्ने सेवक अभियानका अध्यक्ष राजीव हलुवाईले जनकारी दिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य शरिन तामाङको समेत उपस्थिति रहेको थियो। चुनावी अभियानमा रहेकी नेतृ तामाङले यो अभियानमा समेत आफ्नो सहभागिता जनाएकी हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...