News Portal

गायिका मेलिना राई र गायक सक्थिम योङ्याको “धरान शहर” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१९२४ पटक

धरान – चर्चित गायिका मेलिना राई र गायक सक्थिम  योङ्याको युगल आवाजमा रहेको पुर्वाञ्लको सुन्दर शहर धरानको पेरीफेरीमा रहेर रचना गरिएको गीत “लान्छु तिमीलाई धुमाउदै, धरान शहर” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतकार विष्णु खजुमको शब्द रचना रहेको गीत पुर्वाञ्चलको सुन्दर शहर धरानको परिवेशमा रहेर रचना गरिएको गीतको संगीत समेत गायक योङ्याले नै संगीत गरेका हुन्। विगत लामो समयदेखि हङकङ आफ्नो कर्मथलो बनाउदै आएका प्रकाश लिम्बुले निर्माण गरेका गीतको म्युजिक भिडियो पुर्वाञ्चलको विभिन्न चर्चित पर्यटकीय स्थलहरुमा छायांकन गरिएको निर्देशक देवजंग थापाले जानकारी दिए। 

धनकुटा जिल्लाको पर्यटकीय स्थल थुम्की, भेडेटारको पाथीभरा र भेडेटारको मुख्य बजार क्षेत्र, मोरङ जिल्ला र सुनसरी जिल्लाको खदम खोलाको पुल हुदै धरानको धोपा क्याम्प परिसरमा छायांकन गरिएको गीत मिडिया कनेक्शन युटुव च्यानल मार्फत आज सार्वजनिक गरिएको हो। 

सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौ र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो। ड्रेसमा दावा गुन्जन कलेक्शन र आर स्वार कलेक्शन बुटिक धरानले प्रदान गरेका थिए। 

त्यस्तै, सृगारमा स्वास्तिका श्रेष्ठ, लाइटमा हर्क पहारी, रमेश पराजुली, राजु लामा, ड्रोनमा सन्जिब कोयी, निर्देशक र क्यामेरा देव जंग थापा, इसीसी स्टुडियो काठमाडौंमा प्राविधिक पक्षको सम्पूर्ण काम सम्पन्न गरिएको हो।  

चर्चित मोडल रेखा लिम्बु, योमन सोदेम्बा लिम्बुको मुख्य अभिनय रहेको म्युजिक भिडियोमा मोडल बादल चेम्जोङ र सुमन खेवाको समेत अभिनय रहेको छ। उक्त म्युजिक भिडियोमा गरिमा डान्स सेन्टर धरानका कलाकारहरुले कोरोसको भुमिका निर्वाह गरेको निर्देशक थापाले हिमालीसंचारडटकमलाई जानकारी दिए।

भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...