News Portal

  • धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले तीन हप्ते कलिनर वर्कसप तालिम दिने (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३२६ पटक

    धरान – धरा उपमहानगरपालिका वडा नं. १८ स्थित धरान इन्टरनेशनल  कलेज अफ होटल म्यानेजमेन्टले आफ्ना विधार्थीका लागि तीन हप्ते कलिनरी तालिम प्रदान गर्ने भएको छ।

    पूर्वाञ्चलको सुन्दर नगरी धरानमा विस २०७३ सालमा स्थापना गरिएको कलेजले होटल म्यानेजमेन्ट सम्बन्धि अध्ययनका अभाव खड्कीरहेको अबस्थामा स्वदेश तथा विदेशमा नै रोजगारीमूलक शिक्षा  र सिप प्रदान गर्ने उदेश्यले उक्त कलेज स्थापना गरिएको प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए। 

    उक्त कलेजले हालसम्म ३ सय ५० जना विधार्थीहरुलाई दीक्षित गरी सकेको छ। यस कलेजबाट दीक्षित विधार्थीहरु माल्दिभ्स, युएइ, चीन, माल्टा, पोर्चुगल, अष्ट्रेलिया लगायतका देशहरुमा हस्पिलाटी इन्डष्ट्रिजमा काम गरिरहेको समेत निर्देशक श्रेष्ठले जानाकरी दिए। हाल उक्त कलेजमा ४२ जना विधार्थीहरु अध्ययनरत छन्। 

    कलेजले विधार्थीहरुलाई दक्ष र अनुभवि शिक्षक शिक्षिकाहरुबाट अध्ययन गराउदै आइरहेको बताएका निर्देशक श्रेष्ठले राम्रो सिप र शिक्षा दिनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताए। आगामी २२ गते मंगलबारदेखि शुरु हुने वर्कसपमा ४२ जना विधार्थीहरु सहभागिता रहने छ। उनीहरुलाई स्वीजरल्याण्डका एक्जुकेटिभ सेफ गुनथर्ड नट्जले तालिम दिने निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए। 

    कलेजले विधार्थीहरुलाई थप सिप र शिक्षाका लागि कलेजको तर्फबाट निशुल्क वर्कसप उपलब्ध गराएको हो। यस्ता वर्कसपका थप सिप र शिक्षा लिनका लागि विधार्थीहरु धरान बाहिर तथा विदेश नै जानु पर्ने हुन्छ। कलेजले यो तालिम यहि उपलब्ध गराएका हुन्। कलेजले बर्षमा २ पटक यस्ता वर्कसप संचालन गर्दै आएको छ। यसलाई कलेजले कोर्षमा नै सहभागिता गराएको छ।  

    कलेजले प्रदान गर्ने १५ दिनको तालिम पश्चात एक हप्ता प्रयोगात्मक कार्यशाला गर्ने जनाएको छ। कार्यशालामा विधार्थीहरुले वर्कसपमा सिकेका कुराहरुलाई प्रयोगात्मक रुपमा प्रदर्शन गरिने बताइएको छ। विधार्थीद्वारा पकाएका परिकारहरु आमन्त्रित पाहुनाहरुलाई स्वाद चखाने कार्यक्रम रहेको कलिनरी वर्कसपका कार्यक्रम संयोजक सन्दिप वान्तावा राईले पत्रकारमा जानकारी दिए। 

    उक्त प्रयोगात्मक कलिनरी वर्कसपका कार्यक्रम संयोजक राईका अनुसार प्रयोगात्मक कार्यशालामा सहभागि विधार्थीहरुलाई उनीहरुको स्केल हेरेर प्रशिक्षकले थप सल्लाह सुझाव सहित प्रमाण-पत्र समेत प्रदान गरिने जानकारी दिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...