News Portal

धनकुटाको नमस्ते सिम्सुवा झरनाको नाम कसरी रहन गयो? के छ यहाको हेर्न लायक विशेषता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७१६ पटक

धरान – पूर्वाञ्चलको पर्यटकीय स्थल मध्येका धुम्न लायक रमणीय स्थल हो नमस्ते सिम्सुवा झरना। धनकुटा जिल्लाको सागुरीगढी गाउपालिका वडा नं. ६ स्थित चर्चित पर्यटकीय स्थल भेडेटारदेखि उत्तर तर्फ, तमोर नदीदेखि नजिक नमस्ते सिम्सुवा झरना रहेको छ। 

स्थानीय सिम्सुवा खोलाबाट उत्पति भएको झरना भएको हुदा नमस्ते सिम्सुवा झरना भनिएको हो। यो समुद्रको सतहबाट ९४५ मिटरको उचाईमा रहेको छ। लिम्बु भाषामा सिम्सवा भनेको अरिङगल रहेछ। त्यहि सिम्सुवा खोलाको नामबाट यस झरनाको नामकरण भएको समितिका सदस्य मित्रकुमार याम्फु राईले बताए। 

पर्यटकीय स्थल भेडेटारको उत्तरी भेगमा अबस्थित सिम्सुवा नमस्ते झरनाको उचाइ ५५ मिटर रहेको छ। शाहसी खेल क्यानयोनिङ समेत हुने गरेको नमस्ते सिम्सुवा झरनामा सुरक्षा गार्डले पहरा दिएको छ भने प्रत्येक शनिवार र भिडभाड हुने सिजनमा प्रदेश सरकारले नेपाल प्रहरी समेत परिचालन गर्दै आएको छ। विशेष गरेर नया बर्षको अबसरमा छिमेकी राष्ट्र भारत लगायत नेपालका आन्तरिक पर्यटकहरुको धुइचो हुने गर्दछ। 

विगत लामो समय रेडियो नेपाल पुर्वाञ्चल धनकुटामा करिब एक दशक काम गरेका हिरालाल गन्दर्वले लोकबाजा सारंगीको धुन गुञ्जाई रहेको छन्। उनको लोकधुनले पर्यटकहरु टिकटक र अन्य भिडियो बनाई रहेको हुन्छन्। तर, जीवनको उत्तरार्धमा रहेका गन्दर्वले गाउन सक्ने अबस्थामा छैनन्। पुराना पुर्वेली लोकभाकाहरुको धुन प्रकृतिको भण्डार भित्र सारंगी रेटी रहेका हुन्छन्। 

तेह्रथुमका गोविन्द लिम्बु त्यहा गएर लामो समय बसेका थिए। उक्त सडक खण्ड हुदै चल्ने हरेक बसका सहचालक, चालक लगायचका यात्रुहरुले नमस्ते बाजे भन्दा भन्दै ती झरनाको नाम समेत नमस्ते झरना रहन गएको समतिका अध्यक्ष लिम्बु बताउछन्। प्रकृतिले समेत झरनाको स्वरुप नमस्ते आकार लिएको कारण नमस्ते सिमेसुवा झरना रहन गएको उनको भनाई रहेको छ। 

नमस्ते सिम्सुवा झरनाको प्रवेश द्वारदेखि भित्र चार ठाउमा सार्वजनिक सौचालय र एक ठाउमा कपडा फेर्ने कोठा (चेन्जीङ रुम) सेवाको समेत सुविधा रहेको छ। सुरक्षाको हिसावले मदिरापान निषेध गरिएको नमस्ते सिम्सुवा झरनाभित्र सामान्य कपडा लगाएर नुहाउन सकिने कार्यविधि रहेको छ। 

प्रदेश सरकारले बाह्य तथा आन्तरिक पर्यटकका लागि निश्चित शुल्क निर्धारण गरिएको छ। नेपालका लागि ४० रुपैया, सार्क मुलुकका लागि ७५ रुपैया र अन्य मुलुकका लागि ३०० रुपैया प्रवेश शुल्क निर्धारण गरिएको छ। समितिका अध्यक्ष लिम्बुले शुल्क सम्बन्धमा परिमार्जन गर्ने पक्षमा रहेका छन्। उनी भन्छन् सम्भव भयो भने खारेज गरेको राम्रो हुन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...