News Portal

  • किराया मकाउका अध्यक्ष राकेश राईको उपचारका क्रममा भारतमा निधन

    हिमालीसंचार संवाददाता
    १२७७ पटक

    धरान – किरात राई यायोक्खा मकाउका वर्तमान अध्यक्ष राकेश राई (निचेल) उपचारको क्रममा भारतको युमा अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिए। विगत लामो समयदेखि मकाउलाई कर्मथलो बनाएका मकाउ स्थित एसजीएम कम्पनीमा कार्यरत राईको उपचारको क्रममा भारतमा निधन भएको छ । 

    किरात राई यायोक्खा मकाउका अध्यक्ष, आदिबासी जनजाति महासंघ मकाउका संस्थापक सल्लाहकार सदस्य समेत रहेका राईको उपचारका क्रममा भारतको डार्जिलिङ स्थित युमा अस्पतालमा निधन भएको हो। 

    गत जुलाई ४ तारिख मकाउबाट सिङगापुर हुदै नेपाल आएका राईले भारतको हैदराबाद स्थित अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए। अध्यक्ष राईले कोरोना महामारीका कारण नियमित समयमा स्वास्थ्य परीक्षण गर्न पाएका थिएनन्। उनी ढाडको स्पेनल र लिभर सम्बन्धि रोगबाट ग्रसित थिए। पछिल्लो समय मृगौलाको समस्या समेत देखिएको परिवार श्रोतले जानकारी दिए।

    विक्रम सम्बत् २०२६ साल पौष १० गते सोलुखुम्बुको नेचामा जन्मेका किराया मकाउका अध्यक्ष राईको ५३ बर्षको अल्पआयुमा निधन भएको हो। मृतक राईको परिवार हाल भारतको डार्जिङ स्थित एक छोरी र एक श्रीमति रहेका छन्। 

    किरात राई यायोक्खा मकाउले स्व. अध्यक्ष राईको सम्झनामा एक श्रद्धाञ्जली-सभा समेत आयोजना गरेको छ। किराया मकाउका अध्यक्षको निधनले संस्थालाई अपुरणीय ठुलो क्षति भएको कार्यवाहक अध्यक्ष केशव राईले बताए। मकाउ गठीत जातिय संस्थाहरु मगर संघ मकाउ, शेर्पा समाज मकाउ, गुरुङ ‘तमु’ समाज मकाउ सार चीन, याक्थुम चुम्लुङ मकाउ, तामाङ धेदुङ मकाउ, नेवा गुठी मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ लगायदका मकाउमा गठीत संघ संस्थाहरुको श्रद्धाञ्जली सभामा उपस्थिति रहेको किराया मकाउका कार्यवाहक अध्यक्ष राईले जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २६ गतेको राशिफल

    आज असार २६, २०८२ (जुलाई १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...