News Portal

किराया मकाउका अध्यक्ष राकेश राईको उपचारका क्रममा भारतमा निधन

हिमालीसंचार संवाददाता
१३३७ पटक

धरान – किरात राई यायोक्खा मकाउका वर्तमान अध्यक्ष राकेश राई (निचेल) उपचारको क्रममा भारतको युमा अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिए। विगत लामो समयदेखि मकाउलाई कर्मथलो बनाएका मकाउ स्थित एसजीएम कम्पनीमा कार्यरत राईको उपचारको क्रममा भारतमा निधन भएको छ । 

किरात राई यायोक्खा मकाउका अध्यक्ष, आदिबासी जनजाति महासंघ मकाउका संस्थापक सल्लाहकार सदस्य समेत रहेका राईको उपचारका क्रममा भारतको डार्जिलिङ स्थित युमा अस्पतालमा निधन भएको हो। 

गत जुलाई ४ तारिख मकाउबाट सिङगापुर हुदै नेपाल आएका राईले भारतको हैदराबाद स्थित अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए। अध्यक्ष राईले कोरोना महामारीका कारण नियमित समयमा स्वास्थ्य परीक्षण गर्न पाएका थिएनन्। उनी ढाडको स्पेनल र लिभर सम्बन्धि रोगबाट ग्रसित थिए। पछिल्लो समय मृगौलाको समस्या समेत देखिएको परिवार श्रोतले जानकारी दिए।

विक्रम सम्बत् २०२६ साल पौष १० गते सोलुखुम्बुको नेचामा जन्मेका किराया मकाउका अध्यक्ष राईको ५३ बर्षको अल्पआयुमा निधन भएको हो। मृतक राईको परिवार हाल भारतको डार्जिङ स्थित एक छोरी र एक श्रीमति रहेका छन्। 

किरात राई यायोक्खा मकाउले स्व. अध्यक्ष राईको सम्झनामा एक श्रद्धाञ्जली-सभा समेत आयोजना गरेको छ। किराया मकाउका अध्यक्षको निधनले संस्थालाई अपुरणीय ठुलो क्षति भएको कार्यवाहक अध्यक्ष केशव राईले बताए। मकाउ गठीत जातिय संस्थाहरु मगर संघ मकाउ, शेर्पा समाज मकाउ, गुरुङ ‘तमु’ समाज मकाउ सार चीन, याक्थुम चुम्लुङ मकाउ, तामाङ धेदुङ मकाउ, नेवा गुठी मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ लगायदका मकाउमा गठीत संघ संस्थाहरुको श्रद्धाञ्जली सभामा उपस्थिति रहेको किराया मकाउका कार्यवाहक अध्यक्ष राईले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...