News Portal

खण्डग्रास सूर्यग्रहण लागेको समयमा के गर्ने, के नगर्ने? (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६८४ पटक

धरान – आज कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने सूर्यग्रहण लाग्ने भएको छ। आज दिउँसो ४:५२ बजे सूर्यलाई स्पर्श गर्ने भनिएको छ। 

आज बेलुकी ५:२४ बजे सूर्यास्त हुने भएको हुदा नेपालबाट देख्न गाह्रो हुन सक्ने ज्योतिष आचार्य कमल नाथ निरौला बताउछन् । ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्ने भनिएको छ तर, नेपालबाट देख्ने सम्भावना न्यून रहेको उनको भनाई छ। शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको धार्मिक मान्यता रहेको ज्योतिष आचार्य निरौलाले जानकारी दिए ।

यस्ता ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायतका कर्म गर्न शुभ रहने उनको भनाई छ। अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्न शुभ हुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको उनले बताए। ग्रहणका समयमा सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी त्यो पनि सम्भव नभए घरमै स्नान गर्दा ग्रहणको समय कटौती हुने हुदा धार्मिक तथा व्यवहारिक दृश्टिकोणले समेत यस्तो कर्म गर्न उत्तम हुने उनको भनाई थियो । 

नेपाल ज्योतिष परिषद् सुनसरी जिल्लाका पूर्व उपाध्यक्ष समेत रहेका ज्योतिष आचार्य निरौलले सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास रहेको बताए । यसै विश्वासअनुसार आज बिहान ४:५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्य कर्म उत्तम हुने बताए । 

त्यस्तै, सूर्यग्रहण लाग्दा कुनै पनी राशीका व्यक्तिले ग्रहण लागेको नहेरेको राम्रो हुने उनको भनाई रहेको थियो। ग्रहण हेर्नै पर्ने भएमा अत्याधुनिक चस्मा वा भाडामा पानी राखेर तल हेर्न उनको सुझाव रहेको थियो। यस्ता ग्रहण बर्षमा तीन पटकसम्म लाग्ने गरेको उनको भनाई थियो। अब १५ दिन पछि कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दै गरेको समेत जानकारी दिए। 

ज्योतिष आचार्य निरौलाका अनुसार ग्रहणहरु तीन धण्टासम्म लाग्ने गरेको छ। आजको सूर्य ग्रहण दिउँसो ४:५२ बजेदेखि सूर्यलाई ग्रहणले स्पर्श गर्दै छ । ग्रहणकै अवस्थामा नेपालको आकासबाट बेलुकी ५:२४ बजे सूर्यास्त हुने भएको हुदा नेपालबाट करिब ३२ मिनेट ग्रहण देख्न सकिने छ । स्थानीय समय अनुसार बेलुकी करिब पौने ७ बजेसम्म ग्रहण रहने छ ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...