News Portal

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध लेखकहरुद्धारा मुद्दा दायर

हिमाली संचार संवाददाता
६०० पटक

एजेन्सी – साहित्यकाहरुको अन्तर्राष्ट्रिय संगठन ‘पेन’ को अमेरिकी इकाईले राष्ट्रपति डोडाल्ड ट्रम्ले आफ्ना आलोचक पत्रकार तथा सञ्चार संस्थालाई धम्काउन सरकारी संयन्त्र प्रयोग गरेको आरोप लगाउँदै त्यस विरुद्ध कानूनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका छन्।

दायर याचिकाले राष्ट्रपति ट्रम्पद्धारा अभिव्यक्ति स्वतन्त्रताको संरक्षक पहिलो संविधान संशोधन (फस्ट् अमेन्डमेन्ट) को उल्लंघन भएको आदेश जारी गर्न संघीय अदालतसमक्ष आग्रह गरेको छ।

‘राष्ट्रपति ट्रम्पको सञ्चारमाध्यम विरुद्धका कदमहरु नयाँ हैनन्’, याचिका अगाडि भन्छ, ‘झुटो समाचारको उनको आरोप प्राय हरेक दिन आउने गर्छ। ह्वाइट हाउसले व्यक्तिगतरुपमा पत्रकारहरुलाई सेवाबाट हटाउन काम गरेको मात्रै हैन राष्ट्रपतिले सञ्चारमाध्यमलाई अमेरिकी जनताको दुश्मनको रुपमा प्रस्तुत गर्दै आएका छन्।’

पेन अमेरिकाले सञ्चारकर्मीप्रति ह्वाइट हाउसको व्यवहारले ‘पत्रकारविरुद्ध दुश्मनी पूर्ण वातारण बन्न थालेको र उनीहरुले मृत्युको दम्की समेत व्यहोर्नु परेकोले राजनीतिक सभा कभर गर्न जादा सुरक्षाकर्मी लानु परेको अनि कार्यकक्षमै आक्रमण सामना गरेको’ उल्लेख गरेको छ।

उक्त संस्थाले सीमा नाघेको र आफ्नो अधिकार दुरुपयोग गर्दै सञ्चारलाई दण्डीत गरेको अवस्थामा राष्ट्रपतिको कार्यहरुलाई असंवैधानिक घोषित गर्न आग्रह गरेको छ।

‘ट्रम्पका धम्कीहरुले व्यक्तिगतरुपमा लेखकहरुलाई त्रस्त बनाउँदै आफ्ना लेखहरुबारे पुनर्विचार गर्न बाध्य बनाउन सक्ने छ ह्वाइट हाउसको खप्कीबाट बच्न’, पेन अमेरिकाले भनेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...