News Portal

मेयर हर्क साम्पाङले धोषणा गरेको रकम विश्व लिम्बु मार्फत हस्तान्त्रण

हिमालीसंचार संवाददाता
१०५२ पटक

धरान – धरानका मयेर हर्क साम्पाङले काठमाडौ महानगर प्रहरीले एक महिलाको ठेला खोसेपछि एक महिनाको तलव पठाईदिने गर्ने धोषणा गरेका मेयर साम्पाङले ५० हजार रुपैया  पत्रकार विश्व लिम्बु मार्फत हस्तान्त्रण गरिएको छ।

मेयर साम्पाङले “यी बैनी को हुन् ? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !” भनेर एक महिनाको तलव पठाइदिने धोषणा गरेका थिए। त्यहि धोषणा अनुरुप मेयर साम्पाङले नगद ५० हजार रुपैयासंगै “हरेस नखानुस्” भन्ने सन्देस समेत पठाएका थिए। ठेलावाली तामाङले ‘दाई अहिले मेयर हुनुहुन्छ अझै ठुलो मान्छे बन्नुस’ भन्ने शुभकामना दिएकी थिए।

मेयर साम्पाङले उनको वियोग देखेर शुक्रबार २८ गते सामाजिक संजाल फेसबुक पेज मार्फत एक महिनाको तलव पठाइदिने घोषणा गरेका थिए।  धरानका मेयर साम्पाङले धोषणा गरेका रकम आज पत्रकार विश्व लिम्बु मार्फत मेरो अनलाइन टेलिभिजनको स्टुडियोमा हस्तान्त्रण गरिएको पत्रकार लिम्बुले हिमालीसंचारडटकमसंग बताए। 

गत असोज २७ गते विहिबार काठमाडौ महानगरका नगर प्रहरीले थापाथलीको प्रसुतिगृहको पूर्वी गेटबाट लमजुङ स्थायी घर भएकी ३४ बर्षीय शर्मीला तामाङको ठेलामा भएको सामान छरपस्ट पार्दै ठेला खाली गरी नगर प्रहरीले उनको ठेला नियन्त्रणमा लिएको थियो। थापाथली स्थित पौरखी बस्तिमा आफ्नो फुपुसंगै टहरामा बस्दै आएकी शर्मीलाको नगर प्रहरीले ठेला नियन्त्रणमा लिएको थिए । 

महानगर प्रहरीका अनुसार उहाँहरूलाई पटक-पटक सम्झाउँदा पनि सडकपेटी, फुटपात अतिक्रमण गर्न नछोडेपछि ठेला नियन्त्रणमा लिनु परेको बताए। नाङ्लो पसलबाट जीवन निर्वाह गर्दै आएकी शर्मीलालाई स्थानीय दलबहादुर कामीको सक्रियतामा ती ठेला सहयोग प्राप्त गरेकी शर्मीलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएका थिए। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...