News Portal

  • मोरङको सुनवर्सीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

    हिमालीसंचार संवाददाता
    १४४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका ५ स्थित टकुवाको वडा कार्यालयले एक दिने निःशुल्क आँखा शिविर  सम्पन्न गरेको छ । वडा कार्यालयले आफ्नै भवनमा निःशुल्क आँखा शिविर संचालन गरेको हो।  

    मोरङको विराटनगर आँखा अस्पताल, विराटनगर तथा नेपाल नेत्र ज्योती संघको सहयोगमा उक्त शिवर संचालन गरिएको वडाध्यक्ष युगेश्वर प्रसाद ठाकुरले हिामालीसंचारडटकमसंग बताए ।   

    शिविरमा सुनवर्सी नगरका वडा नम्बर ५, ६, ७ र ८ का बृद्ध-बृद्धा  तथा बालबालिकाहरुले आँखा जाँच गराएका थिए। शिविरमा करिब २ सय जना सेवाग्राहीले आँखा परीक्षण गराएका थिए। उक्त शिविरमा ६० बर्ष माथिका वृद्धहरुको मोतिविन्दु समस्या देखिएको वडाध्यक्ष ठाकुरले बताए।

    संचालित शिविरमा मोतिविन्दुको समस्या देखिएका सेवाग्राहीहरुको निःशुल्क सल्यक्रिया गरिदिने वडाध्यक्ष ठाकुरले बताए। उनीहरुको निःशुल्क उपचार हुन्छ। बिराट आँखा अस्पतालसंग सहकार्य रहेको समेत जानकारी दिए। उक्त शिविरमा वडाध्यक्ष ठाकुर, सदस्यहरु र महिला स्वयं सेविकाहरुको समेत सहभागिता रहेको थियो। 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...