News Portal

मोरङको सुनवर्सीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

हिमालीसंचार संवाददाता
१९३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका ५ स्थित टकुवाको वडा कार्यालयले एक दिने निःशुल्क आँखा शिविर  सम्पन्न गरेको छ । वडा कार्यालयले आफ्नै भवनमा निःशुल्क आँखा शिविर संचालन गरेको हो।  

मोरङको विराटनगर आँखा अस्पताल, विराटनगर तथा नेपाल नेत्र ज्योती संघको सहयोगमा उक्त शिवर संचालन गरिएको वडाध्यक्ष युगेश्वर प्रसाद ठाकुरले हिामालीसंचारडटकमसंग बताए ।   

शिविरमा सुनवर्सी नगरका वडा नम्बर ५, ६, ७ र ८ का बृद्ध-बृद्धा  तथा बालबालिकाहरुले आँखा जाँच गराएका थिए। शिविरमा करिब २ सय जना सेवाग्राहीले आँखा परीक्षण गराएका थिए। उक्त शिविरमा ६० बर्ष माथिका वृद्धहरुको मोतिविन्दु समस्या देखिएको वडाध्यक्ष ठाकुरले बताए।

संचालित शिविरमा मोतिविन्दुको समस्या देखिएका सेवाग्राहीहरुको निःशुल्क सल्यक्रिया गरिदिने वडाध्यक्ष ठाकुरले बताए। उनीहरुको निःशुल्क उपचार हुन्छ। बिराट आँखा अस्पतालसंग सहकार्य रहेको समेत जानकारी दिए। उक्त शिविरमा वडाध्यक्ष ठाकुर, सदस्यहरु र महिला स्वयं सेविकाहरुको समेत सहभागिता रहेको थियो। 

 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...