News Portal

  • धरानका मेयर हर्क साम्पाङले महानगरले ठेला खोसेका शर्मीलालाई एक महिनाको तलव सहयोग गर्ने घोषणा

    हिमालीसंचार संवाददाता
    ३०२ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका मयेर हर्क साम्पाङले काठमाडौ महानगरले एक महिलाको ठेला खोसेको समाचार छ्याप छ्याप्ति भाइरल भएपछि धरानका मेयर साम्पाङले शुक्रबार साझ सामाजिक संजाल फेसबुक पेज मार्फत आफ्नो एक महिनाको तलव सहयोग गर्ने घोषणा गरेका छन् । 

    हिजो करिब १२ः२० बजे विहिबार काठमाडौ महानगरका नगर प्रहरीले थापाथलीको प्रसुतिगृहको पूर्वी गेटबाट लमजुङ स्थायी घर भएकी ३४ बर्षीय शर्मीला तामाङलाई ठेलामा भएको सामान छरपस्ट पार्दै ठेला खाली गराएर काठमाडौ नगर प्रहरीले ठेला नियन्त्रणमा लिएको थियो। थापाथली स्थित नदी किनारमा रहेको पौरखी बस्तिमा आफ्नो फुपुसंगै टहरामा बस्दै आएकी शर्मीलाको नगर प्रहरीले ठेला नियन्त्रणमा लिएको हो। 

    महानगर प्रहरीका अनुसार उहाँहरूलाई पटक-पटक सम्झाउँदा पनि सडकपेटी, फुटपात अतिक्रमण गर्न नछोडेपछि ठेला नियन्त्रणमा लिनु परेको बताए। नाङ्लो पसलबाट जीवन निर्वाह गर्दै आएकी शर्मीलालाई स्थानीय दलबहादुर कामीको सक्रियतामा प्रदान गरिएको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि उनको रोइलो भएको थियो। 

    धरानका मेयर साम्पाङ लेख्छन् “यी बैनी को हुन् ? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !” मेयर साम्पाङले स्टाटस लेख्ने वित्तिकै 39.9K लाइक, 6.1K  कमेन र 1.2K सेयर गरिएको छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...