News Portal

मेयर साम्पाङको अभियानमा वडाध्यक्षहरुको सपोर्ट, तेस्रो परियोजना भालुखोलामा शुरु (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३२८ पटक

धरान – धरानका मेयर हर्क साम्पाङले तेस्रो परियोजना धरान-४ र धरान-१४ हुदै बग्ने भालुखोला दोभानबाट धरान वडा नं. १५ का लागि लक्षित गरी खानेपानीको परियोजना जनश्रमदान मार्फत आजबाट शुभारम्भ गरिएको छ।

मेयर साम्पाङले जनश्रमदान मार्फत नै वडा नं. १५ का लागि शिवजट्टाको मुहानबाट खानेपानी ल्याउने बताउदै आएका थिए। पछिल्लो समय स्थानीय उपभोक्ता र स्थानीयबासीको अवरोधका कारण हिजो विहिबारदेखि शुरुवात गर्ने भनिएको खानेपानीको काम धरान -१३ स्थित बेसक्याममा अवरोध भएपछि नगरप्रमुखको कार्यकक्षमा भएको सहमति अनुसार आज भालुखोला दोभानबाट खानेपानीको काम शुरु भएको हो। 

आज शुरु भएको जनश्रमदानमा वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले समेत आफ्नो सहभागिता जनाएका थिए। उनले आफ्नो वडाका वडाबासीहरुलाई समेत जनश्रमदानमा सहभागि भइदिन हुन आग्रह गरे। हिजो नगर प्रमुखको कार्यकक्षमा भएको सहमति पश्चात वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई र वडा नं. १४ का वडाध्यक्ष भट्टराईले जनश्रमदानमा सधाउने प्रतिवद्धता जनाएका थिए। उनले आफ्नो वडामा समेत खानेपानीको समस्या रहेको बताए। 

मेयर साम्पाङले पहिलो र दोस्रो परियोजनाबाट नगरलाई विजुलीको खर्चमा ठुलो राहत मिलेको बताउदै अब यो परियोजना सफल भएपछि अझ राहत हुने विश्वास व्यक्त गरे। उनले यो परियोजना चाडो सम्पन्न गर्ने समेत बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...