
बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाले नवौं राष्ट्रिय खेलकूद अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा विजयी भएका खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको छ।
प्रदेश स्तरीय खेलमा छनौट भएका विभिन्न विधाका खेलाडीहरुलाई पालिकाले स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको हो।
केपिलासगढी गाउँपालिका वडा नं. ४ बाक्सिलाकी दीर्पा बस्नेतले एथलेटिक्स र वडा नं. ५ सप्तेश्वरका मोहन राईले तेक्वान्दोमा स्वर्ण पदक प्राप्त गरेका थिए। त्यस्तै वडा नं. ४ बाक्सिलाको नवीन राईले किङ फाईटमा र महिला भलिबल तर्फ वडा नं. ७ सुङदेलकी शिखा कोयी राई, वडा नं. ७ दिप्सुङकी रंगना राई, अनुकला राई र वडा नं. ४ बाक्सिलाकी विनिता राईले क्रमश रजत पदक प्राप्त गरेका छन्।
त्यस्तै, तेक्वान्दो तर्फ वडा नं. ४ बाक्सिलाको विवेक राई, रेजीना राई र समला राईले क्रमश रजत पदक प्राप्त गरेका छन्। नवौं राष्ट्रिय खेलका लागि प्रदेश सरकारले प्रदेश स्तरीय खेलाडी छनौट गत भदौ १६ गतेदेखि ३० गतेसम्म प्रदेशका विभिन्न जिल्लाहरुमा खेलाडी छनौट गरेका थिए।
प्रदेश स्तरीय छनौट खेलमा विभिन्न विधामा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीहरुलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पुरस्कृत गर्ने तयारी गरिएको गाउँपालिका श्रोतले हिमालीसंचारडटकमसंग बताए।
श्रोतका अनुसार विजयी खेलाडीहरुलाई कार्यक्रमको अवसर पारेर पुरस्कृत गर्न बताए । पालिकाले खेलकूद क्षेत्रका समग्र विकास र खेलाडिहरुको उच्चमनोबल एवम् प्रोत्साहन स्वरुप पालिकाले नीति तथा कार्यक्रम अन्तरगत पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
