News Portal

प्रत्रकार कुटाउने नविनाको दादागिरीविरुद्ध गगन थापाको कटाक्ष

हिमाली संचार संवाददाता
६२३ पटक

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले नविना लामाले देखाएको दादागिरी व्यवहारको कडा शब्दमा आलोचना गरेका छन्। एमालेका तर्फबाट समानुपातिक सांसद समेत रहेकी नविनालाई सांसदको पदीय मर्यादा र गरिमालाई ख्याल गर्न सचेत समेत गराएका छन्।

आइतबार नेपाल पानासँग कुरा गर्दै नेता थापाले लोकतन्त्रमा सत्ताको घमण्ड देखाउँदै गुण्डा लगाएर पत्रकार धम्क्याउने विषय गम्भीर भएको बताए। ‘माननीय नविना लामाले पत्रकारलाई गुण्डा लगाएर धम्क्याएको सुन्नमा आएको छ। यो एउटा सांसदले गर्न त के सोच्नसक्ने विषय पनि होइन। सांसद भइसकेपछि संविधान, कानूनी प्रक्रिया र लोकतान्त्रिक विधिलाई ख्याल गर्नुपर्छ।

समाचारमा चित्त नबुझे वैधानिक बाटोबाट समाधान खोज्न सकिन्छ’, उनले भने– ‘सत्ताको मातमा यसरी सिधै पत्रकार धम्याउनु ठिक होइन। म उहाँलाई पदको मर्यादा कायम राख्न भन्छु। कुनैपनि सांसदले सत्ताको आडमा कानूनविपरित हिड्ने, जे पनि गर्ने अधिकार छैन्।’

गगनले यसरी पदीय मर्यादा सम्झाएर नविनाको सत्ता घमण्ड तोडेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नबोलेको भन्दै नविनाको चर्को आलोचना भएपछि हाम्रा कुरा डटकम अनलाइनले समाचार प्रकाशित गरेको थियो। उक्त समाचारको विषयलाई लिएर नविनाले हाम्रा कुराको कार्यालयमै अनेरास्ववियुमा आबद्ध केही गुण्डा पठाएर धम्की दिएकी थिइन्। उनले समाचार नहटाए ठिक नहुने चेतावनी दिएकी छिन्। जसको पत्रकार महासंघले पनि निन्दा गरिसकेको छ। साथै सर्वत्र आलोचना भइरहेको छ।

यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि नविनालाई आलोचना सुन्ने बानीको विकास गर्न र धर्य गर्न आग्रह गरेका थिए। उनले सांसद भएर धम्क्याउने कुरा अशोभनिय भन्दै आलोचना गरेका थिए।

अघिल्लो देउवा सरकारले एक पटक मूल्य वृद्धि गर्दा सडकमा उत्रिएर कोलाहल मच्चाउने नविना ओली सरकारले ५ पटक वृद्धि गर्दा अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजना भएको भनी बचाउमा उत्रिएपछि चौतर्फी विरोध भइरहेको छ। आफूले गर्दा ठिक अरुले गर्दा बेठिक हुने भन्दै उनी आलोचनाको तारो बन्न पुगेकी छिन्। नेपालपानाबाट

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...