News Portal

  • प्रत्रकार कुटाउने नविनाको दादागिरीविरुद्ध गगन थापाको कटाक्ष

    हिमाली संचार संवाददाता
    ५३७ पटक

    काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले नविना लामाले देखाएको दादागिरी व्यवहारको कडा शब्दमा आलोचना गरेका छन्। एमालेका तर्फबाट समानुपातिक सांसद समेत रहेकी नविनालाई सांसदको पदीय मर्यादा र गरिमालाई ख्याल गर्न सचेत समेत गराएका छन्।

    आइतबार नेपाल पानासँग कुरा गर्दै नेता थापाले लोकतन्त्रमा सत्ताको घमण्ड देखाउँदै गुण्डा लगाएर पत्रकार धम्क्याउने विषय गम्भीर भएको बताए। ‘माननीय नविना लामाले पत्रकारलाई गुण्डा लगाएर धम्क्याएको सुन्नमा आएको छ। यो एउटा सांसदले गर्न त के सोच्नसक्ने विषय पनि होइन। सांसद भइसकेपछि संविधान, कानूनी प्रक्रिया र लोकतान्त्रिक विधिलाई ख्याल गर्नुपर्छ।

    समाचारमा चित्त नबुझे वैधानिक बाटोबाट समाधान खोज्न सकिन्छ’, उनले भने– ‘सत्ताको मातमा यसरी सिधै पत्रकार धम्याउनु ठिक होइन। म उहाँलाई पदको मर्यादा कायम राख्न भन्छु। कुनैपनि सांसदले सत्ताको आडमा कानूनविपरित हिड्ने, जे पनि गर्ने अधिकार छैन्।’

    गगनले यसरी पदीय मर्यादा सम्झाएर नविनाको सत्ता घमण्ड तोडेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नबोलेको भन्दै नविनाको चर्को आलोचना भएपछि हाम्रा कुरा डटकम अनलाइनले समाचार प्रकाशित गरेको थियो। उक्त समाचारको विषयलाई लिएर नविनाले हाम्रा कुराको कार्यालयमै अनेरास्ववियुमा आबद्ध केही गुण्डा पठाएर धम्की दिएकी थिइन्। उनले समाचार नहटाए ठिक नहुने चेतावनी दिएकी छिन्। जसको पत्रकार महासंघले पनि निन्दा गरिसकेको छ। साथै सर्वत्र आलोचना भइरहेको छ।

    यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि नविनालाई आलोचना सुन्ने बानीको विकास गर्न र धर्य गर्न आग्रह गरेका थिए। उनले सांसद भएर धम्क्याउने कुरा अशोभनिय भन्दै आलोचना गरेका थिए।

    अघिल्लो देउवा सरकारले एक पटक मूल्य वृद्धि गर्दा सडकमा उत्रिएर कोलाहल मच्चाउने नविना ओली सरकारले ५ पटक वृद्धि गर्दा अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजना भएको भनी बचाउमा उत्रिएपछि चौतर्फी विरोध भइरहेको छ। आफूले गर्दा ठिक अरुले गर्दा बेठिक हुने भन्दै उनी आलोचनाको तारो बन्न पुगेकी छिन्। नेपालपानाबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...