News Portal

  • रामेछापमा यात्रुवाहक बस दुर्घटना तेह्र जना घाइते एक जनाको अवस्था गम्भीर

    हिमालीसंचार संवाददाता
    १५६ पटक

    पुष्कर खड्का/रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका भिरपानीमा यात्रुवाहक बस दुर्घटना हुदा १३ जना घाइते भएका छन् भने १ जनाको अबस्था गम्भीर भएको छ।

    खाँडादेवी गाउँपालिका वडा नं ७ पात्लेबाट काठमाण्डौका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको सुन्दरीमाई यातायातको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका-३ गुन्डुखोला भन्ने स्थानमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् 

    बस दुर्घटनामा परी घाइते हुनेहरुमा खाँडादेवी वडा नं ७ पात्लेका ३४ वर्षीय युबराज तामाङ, २ ९ वर्षीय अजय तामाङ, २७ वर्षीय सुस्मिता तामाङ, २३ वर्षीया रस्मि तामाङ, १८ वर्षीया सपना तामाङ, ३० वर्षीय रमेश तामाङ, हातमा चोट सामान्य २४ वर्षीया बास्ना घिसिङ, २४ वर्षीय बिकाश तामाङ , ३३ वर्षीय श्याम लामा, ४२ वर्षीया रिता घिसिङ, खाँडादेवि ३ की १५ वर्षीया प्रेरणा श्रेष्ठ, खाँडादेवि ७ की २८ वर्षीया सुमित्रा कार्की र २८ वर्षीय धनराज तामाङ घाइते भएको रामेछाप प्रहरीले जनाएको छ ।

    रामेछाप प्रहरीले दिएको जानकारी अनुसार बस दुर्घटनामा परी घाइते भएकाहरुको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले जानकारी दिए। उनले दिएको जानकारी अनुसार घाइते १३ जना मध्ये रिता घिसिङको अवस्था भन्ने गम्भिर रहेको बताए । घटनाको थप विवरण आउन बाकी रहेको रामेछाप प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...