News Portal

अमेरिकी विदेशमन्त्री पोम्पेओ र साउदी राजा सल्मानबिच भेटवार्ता

६२९ पटक

एजेन्सी : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुगेका छन्। उनले साउदी राजा सल्मानसँग भेटवार्ता गरेका छन ।

टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि प्रवेश गरेका लेखक जमाल खसोग्गी त्यसयता बेपत्ता छन्। विवाद बढ्दै गएपछि टर्कीका अधिकारीहरुले दूतावासभित्र खोजतलास गरेलगत्तै विदेशमन्त्री पोम्पेओ साउदी अरेबिया पुगेका हुन्।

टर्कीका अधिकारीहरुले खसोग्गीलाई दूतावासभित्रै हत्या गरिएको र त्यहीँभित्र गाडिएको आशंका गरेका छन्। साउदी अरेबियाका अधिकारीहरुले भने टर्कीको आरोप आधारहीन रहेको बताउँदै आएका छन्। ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खसोग्गी बेपत्ता भएको बारे छलफल गर्न विदेशमन्त्री पोम्पेओलाई साउदी अरेबिया पठाएका हुन्। राजा सल्मानसँग भएको कुराकानीलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले “दुष्ट हत्यारा”ले खसोग्गीको हत्या गरेको हुनसक्ने जानकारी दिएका थिए।

ट्रम्पको उक्त जानकारी सार्वजनिक हुनासाथ विश्वभरबाट साउदी अरेबियाको आलोचना भइरहेको छ। ट्रम्पले राजा सल्मानले खसोग्गीको हत्याबारे आफूलाई बिल्कुलै थाहा नभएको प्रतिक्रिया दिएको बताएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...