काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक उपलब्धी परिवर्तन भएपनि हरेक परिवर्तन उपलब्धीमूलक नहुने कुरा पुष्टि हुँदै गएको बताएका छन् ।
राजतन्त्रको अन्त्यपछि देशमा गणतन्त्र आएको सन्दर्भमा अपेक्षाकृत सुधार नदेखिएकोतर्फ संकेत गर्दै पूर्वराजा शाहले पछिल्लो परिवर्तन उपलब्धीमूलक नभएको दावी गरेका छन् ।
शाहले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै देश भित्र र देश बाहिर रहे बसेका सबै नेपालीहरुमा शान्ति, सुख र समृद्धिको कामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा शाहले राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हरेक उपलव्धीहरू परिवर्तन हुन् तर हरेक परिवर्तनहरू उपलव्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ ।’
उनले अब आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न आह्वान समेत शुभकामना सन्देशमार्फत् गरेका छन् ।
यस्तो छ शुभकामना सन्देश :-