News Portal

दशैंले नछोएको हुम्ला लिमीका दुई विधालय, दशैंमा पनि कक्षा संचालन

हिमालीसंचार संवाददाता
४७६ पटक

काठमाडौं – हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको दुई विद्यालयमा दशैंमा समेत विदा हुँदैन। लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय र भृकुटी आधारभूत विद्यालयहरुमा दशैंका दिन समेत कक्षा संचालन हुने गरेको छ।

विधालयको बालकक्षादेखि पाँच कक्षासम्म बढाई हुने विद्यालयहरुमा उवा लगाउने र काट्ने समयमा बाहेक कक्षा संचालन हुने गरेको शिक्षा अधिकृत मनराज बुढाले जानकारी दिए । त्यस क्षेत्रमा बौद्ध धर्मावलम्बी लामा समुदायको बसोबास रहेको लिमीमा दशैं मान्ने प्रचलन छैन ।

शिक्षा अधिकृत बुढाका अनुसार ल्होसारमा तीन दिन स्थानीय विदा दिने गरिएको छ । उनले थप प्रस्ट पार्दै भने ‘यहाँ ल्होसारमा तीन दिन स्थानीय विदा दिईन्छ त्यसपछि उवा लगाउने र काट्ने बेला पन्ध्र–पन्ध्र दिन बिदा हुन्छ । अरु बाँकी सबै महिनामा विद्यालय संचालमा हुदै आएको छ ।’

दशैंको समयमा स्थायी दरबन्दीका शिक्षकहरु दशैं विदामा घर गएपछि विभिन्न संस्थाको सहयोगमा निजी स्रोतका शिक्षकहरुले बालबालिका पढाइरहेका छन् । सुनखानी आधारभूत विद्यालयमा ४२ जना र भृकुटी आधारभूत विद्यालयका १२ जना विद्यार्थी अध्ययरत छन् । त्यहाँको नियम कानून आफ्नै छ । त्यही अनुसार कक्षा संचालन हुदै आएको छ ।’

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...