News Portal

  • दशैंले नछोएको हुम्ला लिमीका दुई विधालय, दशैंमा पनि कक्षा संचालन

    हिमालीसंचार संवाददाता
    ४२५ पटक

    काठमाडौं – हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको दुई विद्यालयमा दशैंमा समेत विदा हुँदैन। लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय र भृकुटी आधारभूत विद्यालयहरुमा दशैंका दिन समेत कक्षा संचालन हुने गरेको छ।

    विधालयको बालकक्षादेखि पाँच कक्षासम्म बढाई हुने विद्यालयहरुमा उवा लगाउने र काट्ने समयमा बाहेक कक्षा संचालन हुने गरेको शिक्षा अधिकृत मनराज बुढाले जानकारी दिए । त्यस क्षेत्रमा बौद्ध धर्मावलम्बी लामा समुदायको बसोबास रहेको लिमीमा दशैं मान्ने प्रचलन छैन ।

    शिक्षा अधिकृत बुढाका अनुसार ल्होसारमा तीन दिन स्थानीय विदा दिने गरिएको छ । उनले थप प्रस्ट पार्दै भने ‘यहाँ ल्होसारमा तीन दिन स्थानीय विदा दिईन्छ त्यसपछि उवा लगाउने र काट्ने बेला पन्ध्र–पन्ध्र दिन बिदा हुन्छ । अरु बाँकी सबै महिनामा विद्यालय संचालमा हुदै आएको छ ।’

    दशैंको समयमा स्थायी दरबन्दीका शिक्षकहरु दशैं विदामा घर गएपछि विभिन्न संस्थाको सहयोगमा निजी स्रोतका शिक्षकहरुले बालबालिका पढाइरहेका छन् । सुनखानी आधारभूत विद्यालयमा ४२ जना र भृकुटी आधारभूत विद्यालयका १२ जना विद्यार्थी अध्ययरत छन् । त्यहाँको नियम कानून आफ्नै छ । त्यही अनुसार कक्षा संचालन हुदै आएको छ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...