News Portal

ताप्लेजुङ र इलामको जंगलमा प्रहरीको ‘सर्च एण्ड स्वीप’ अपरेशन, एक जना पक्राउ

हिमालीसंचार संवाददाता
४०५ पटक

अविन माबो/झापा – हिजो सोमबार ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाट गरी फरार लुटेराहरुलाई खोज्न प्रहरीले रातभर ताप्लेजुङ र इलामको जंगलमा सर्च एण्ड स्वीप अपरेसन चलाउदा एक जना लुटेरा प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराहरूले सोमबार बिहान फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आईएमई सेन्टरबाट नगद र सुन लुटपाट गरेका थिए । लुटपाटमा संलग्नमध्ये एकजनालाई सोमबार दिउँसो फुङलिङ नजिकैको जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले जंगलमा अपरेसन चलाउँदा उनी दुईपटक लुक्न सफल भएका थिए। स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले जंगलमा तेस्रो पटक सर्च अपरेसन चलाउँदा बुट्यान मुनी लुकिरहेको अवस्थामा प्रहरीले लुटेरालाई पक्राउ गरेको हो। 

प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोलीले सोमबार रातभर जंगलमा सर्च अपरेसन चलाएको थिए । अझै प्रहरीले त्यस क्षेत्रमा अपरेशन जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...