News Portal

  • ताप्लेजुङ र इलामको जंगलमा प्रहरीको ‘सर्च एण्ड स्वीप’ अपरेशन, एक जना पक्राउ

    हिमालीसंचार संवाददाता
    ३५३ पटक

    अविन माबो/झापा – हिजो सोमबार ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाट गरी फरार लुटेराहरुलाई खोज्न प्रहरीले रातभर ताप्लेजुङ र इलामको जंगलमा सर्च एण्ड स्वीप अपरेसन चलाउदा एक जना लुटेरा प्रहरीले पक्राउ गरेको छ। 

    प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराहरूले सोमबार बिहान फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आईएमई सेन्टरबाट नगद र सुन लुटपाट गरेका थिए । लुटपाटमा संलग्नमध्ये एकजनालाई सोमबार दिउँसो फुङलिङ नजिकैको जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले जंगलमा अपरेसन चलाउँदा उनी दुईपटक लुक्न सफल भएका थिए। स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले जंगलमा तेस्रो पटक सर्च अपरेसन चलाउँदा बुट्यान मुनी लुकिरहेको अवस्थामा प्रहरीले लुटेरालाई पक्राउ गरेको हो। 

    प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोलीले सोमबार रातभर जंगलमा सर्च अपरेसन चलाएको थिए । अझै प्रहरीले त्यस क्षेत्रमा अपरेशन जारी राखेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...