News Portal

खोटाङको तुवाचुङमा गुडिरहेको बसमा आगो लाग्यो

हिमालीसंचार संवाददाता
३२८ पटक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा गुडिरहेको सार्वजनिक बसमा एक्कासी आगो लाग्दा बस पुर्ण रुपमा जलेर नष्ट भएको छ।

शनिबार दिउँसो एक्कासी गुडिरहेको बा ३ ख ८९८१ नम्बरको सार्वजनिक बसमा एक्कासी आगो लाग्दा बसमा सवार यात्रुले भागेर ज्यान जोगाएका छन्। उपत्यकाबाट दशैंतिहार मनाउन घर फर्किएका करिब ४० यात्रु सवार रहेको बसमा अचानक आगो सल्किएको हो । गुड्दागुड्दै बसमा अचानक आगो बल्न सुरु भएपछि बसमा सवार यात्रुको भागाभाग भएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा घटना भएको खबर पाएपछि च्यास्मीटारका प्रहरी टोली घट्नास्थल पुगेका थिए। बसमा आगलागी हुदा यात्रुका दशैंतिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेर नष्ट भएको स्थानीयले बताए। 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...