मोरङको रंगेली संसारी-माई र काली मन्दिरमा बढाइँ साथ भित्र्याइयो फुलपाती (फोटो फिचर)

रबिन्द्र बराल/मोरोङ – मोरङको प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको संसारी-माई मन्दिरमा प्रदेश स्तरीय फुलपातीका बढाइँ कार्यक्रम सम्पन्न गरी फुलपाती भित्र्याइयो।
मोरङको रंगेली वडा नम्वर-७ स्थित संसारी-माई मन्दिरमा प्रदेश नम्वर १ सरकारले तीन बर्ष अगाडि विजया दशमीको अबसरमा फुलपातीका दिन प्रदेश स्तरीय बढाइँ गर्ने निर्णय गरेपछि फुलपाती बढाइँका लागि मन्दिर व्यवस्थापन समितिले फुलपाती बढाइँ कार्यक्रम सम्पन्न गरेको छ ।
मन्दिरमा प्रदेश सरकाका मुख्यमन्त्री राजेन्द्रकुमार राई, पर्यटन मन्त्री खिनो लिम्बू, स्वास्थ्य मन्त्री जयराम यादव, रंगेली नगरप्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, संसारी-माई मन्दिरका अध्यक्ष सन्जिव श्रेष्ठ विभिन्न संस्थाका प्रतिनिधि, विभिन्न भेषभुषा सहितको झाकी, लाखे नाच, पञ्चे बाजा लगायतको सहभागी समेत रहेको थियो।
संसारी-माई मन्दिरबाट डोली सहित फुलपाति लिएर रंगेली-६ स्थित पब्लिक उच्च माध्यमिक बिधालय नजिकमा रहेको बेलको रुखमुनी बिधिवत पुजा गरेर उक्त रुखमा रहेको जोडी बेलमा पुजापाठ गरेर उक्त रुखाम लिस्नोको माध्यमबाट बेल काटेपछि बिधिवत रुपमा फुलपाती भित्र्याएको हो।
सोही कार्यक्रममा रंगेली नगरपालिकाले रंगेलीको मुख्य बजारमा रहेको काली मन्दिरमा समेत फुलपाती बढाइँ कार्यक्रम सम्पन गरिएको हो। फुलपाती बढाइँमा रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान र कानेपोखरी गाउपालीका लगायत भारतबाट समेत भक्तजनहरुको सहभागीता रहेको थियो ।
प्रदेश नम्बर १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शन गर्नेका लागि नेपाल लगायत भारतका बिभिन्न ठाउँबाट समेत ठुलो सहभागिता हुदै आएको छ ।
प्रदेश १ को राजधानी विराटनगरदेखि २२ किलोमिटर पुर्व चिसाङ खोलाको किनारमा रहेको मन्दीरमा घटस्थापनादेखि विजया दशमीको टिकासम्म भव्य पुजापाठ तथा भजन कृतनको समेत आयोजना हुने गरेको छ ।
नवरात्र भरी १० दिनसम्म मन्दीर भित्र दुइदर्जन व्राहम्णहरुले चण्डि पाठ परायण समेत गर्ने गर्दछन् । झण्डै एकसयवर्ष पुरानो सो मन्दिरलाई मन्दिर व्यवस्थापन समितिले व्यवस्थित गरेपछि विगत १२ वर्षदेखि मन्दिरमा प्रत्येक दिन बोका वली चढाउन र पुजा गर्न ठुलो संख्यामा भक्तजनहरु आउने गरेका छन।
सो मन्दिरमा नवरात्र भित्रमा भाकल गरे ९ दिनमा मनोकामना पुरा हुने मनेदिरका आचार्य कृष्णप्रसाद भट्टराईले बताए। फुलपातीका दिन विहान ८ वजे मन्दिर परिसरवाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न जाति समुदायका नृत्य झाकी सहित राई, लिम्वु, मगर, सन्थाल उराव तथा झागड समुदायको मौलिक नृत्यले सवैलाई आकार्षण बनाएका थिए।
फुलपातीदेखि नवमीसम्म संसारी-माई मन्दिर र काली मन्दिर विहानदेखि विराटनगर, इटहरी, धरान, झापा, मोरङ र सुनवारीबाट भक्तजनहरु दर्शनका लागि सहभागी हुने गरेका छन्।




















