News Portal

  • मोरङको रंगेलीमा छैठौं पैदल निशान ध्वजा यात्राको तयारी तिव्र

    हिमालीसंचार संवाददाता
    २४७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा विगत बर्ष जस्तै यस बर्ष पनि पैदल निशान ध्वजा यात्राको आयोजना हुने भएको छ। विजया दशमीको अबसरमा महानवमीका दिन आयोजना हुने  निशाना ध्वजा यात्राको तयारी तिव्र रुपमा भइरहेको छ ।

    मोरङको विराटनगर स्थित कालीमन्दिरबाट प्रारम्भहुने निशान यात्राामा श्रद्धालु भक्तजनहरु पैदल हिडेर रंगेली स्थित ऐतिहासि कालिमन्दीर पुग्ने परम्परा रहेको छ। कालीमाताका निशान ध्वजा बोकेर भक्तजन करिब २४ किलोमिटर पैदल यात्रा गर्दै   रंगेलीको कालीमन्दिरमा पुगेर माताको पुजा आराधाणा गर्दै निशान ध्वजा चढाउने प्रचलन रहेको छ।

    श्रद्धालु भक्तजनहरु पैदल हिडेर शरिरलाई कष्ट दिदै ध्वजा चढाउदा मनोकामना पुरा हुने जनविश्वास रहि आएकाले निशान यात्रामा भक्तजनहरुको उल्लेखनीय सहभागिता हुने गरेको छ। यसवर्षको निशान यात्रामा करिब ३ हजार भन्दा बढी श्रद्धालु भक्तजनहरुले निशानयात्राका लागि सहभागिता जनाउन सक्ने ध्वजा समितिका संयोजक मनोज अग्रवालले हिमालीसंचारडटकमसंग बताए ।  

    उक्त पदयात्रा असोज–१८ गते मंगलवार महानवमी पर्वका दिन विहान ५ वजे विराटनगर स्थित कालिमन्दिरबाट निशान यात्रा शुभारम्भ हुने व्याबस्थाकले जनाएका छन्। रंगेली कालीमन्दिरको आयोजनामा विगत पाच बर्षदेखि निशान यात्रा हुदै आएको हो। भक्तजनहरु उपवास बसेर निशान यात्रामा सहभागी हुदै आएका छन । 

    उक्त पदयात्रा गर्दा मनाकामना पुरा हुने भएकाले कतिपय घरका सबै परिवार समेत यात्रामा सहभागी हुदै आएका छन्। विराटनगर स्थित कालीमन्दिरमा प्रदेश नं. १ का समाजिक विकास मन्त्रीले विराटनगर महानगरपालिकाका  मेयरलाई निशान यात्राको ध्वजा दिएपछि यात्रा शुभारम्भ हुने आयोजकले जनाएको छ ।

    निशान यात्रामा सहभागी भई विराटनगर महानगरपालिकाका मेयरले कटहरी गाउपालिकाका अध्यक्षलाई तथा कटहरी गाउपालिका अध्यक्षले धनपालथान गाउपालिका अध्यक्षलाई यसैगरि धनपालथान गाउपालिका अध्यक्षले रंगेली नगरपालिकाका मेयरलाई ध्वजा हस्तान्तरण गर्ने र सो ध्वजा रंगेली स्थित कालीमन्दिरमा चढाउने गरि व्यवस्था मिलाएको संयोजक अग्रवालले बताए । 

    रंगेली स्थित सन्सारीमाई मन्दिर पुगेपछि ठुलो संख्यामा भक्तजन सहभागी भई रंगेली नगरपालिकाको अगुवाईमा निशानयात्रीको टोली अपह्रन्न तीन बेजे कालीमन्दिर पुग्ने गरि व्यवस्था मिलाइएका छन्। यात्रामा नेपालका मात्र नभएर भारतीय सिमावर्तीक्षेत्रका भक्तजनहरुको सहभागी हुने गर्दछन । यात्रामा मोरङ, सुनसरी, झापा लगायद विभिन्न जिल्लाका भक्तजन सहभागी हुदै आएका छन । 

    निशान यात्रामा सहभागी हुने भक्तजनहरुलाई छालाको जुत्ता, चप्पल, वेल्ट लगायत छालाका कुनैपनि सामानको प्रयोग गर्न निषेध गरिएको छ। यात्रीहरुको सहयोगका लागी विराटनगरदेखि रंगेलीसम्म आठ ठाउमा विभिन्न संघसंस्थाहरुले  शिविर आयोजना गर्न लागेको आयोजक समितिका सदस्य सुलभ अग्रवालले बताए ।  

    मोरङ जिल्लाका पुरानो सदरमुकाम रंगेली मन्दिरको सहर भएकाले विजय दशमीका अवसरमा आयोजना हुने कालीमन्दिको निशान यात्रा तथा  सानसारी मन्दिरमा हुने  प्रदेश स्तरिय फुलपातीको बडाईले यसक्षेत्रका धार्मिक विशेषता बोकेको छ   

    निशानयात्राले विराटनगरको कालीमाताको मन्दिर, रंगेलीको प्राचिन काली माताको मन्दिर तथा सानसारी माताको मन्दिरलाई जोडने काम गरेकाले पनि निशान यात्राको ठुलो धार्मिक महत्व रहदै आएको आयोजक समितिका संयोजक मनोज अग्रवालको  बताउछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २५ गतेको राशिफल

    आज असार २५, २०८२ (जुलाई ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...