News Portal

मोरङको रंगेलीमा चाडपर्व शुरु भएपनी मुख्य बजार सुनशान

हिमालीसंचार संवाददाता
४८३ पटक

रबिन्द्र बराल/मोरङ – चाडपर्व सुरु भएपनी रंगेली बजार सुनसान देखिएको छ। नेपालीहरुको महान चाड विजया दशमीको रौनक शुरु भएता पनी मोरङको रंगेली नगरका मुख्य बजार क्षेत्रहरुमा चहलपहल भने सुनशान देखिएको छ। 

चाडपर्वहरुमा व्यापारीका लागि आम्दानीका उर्बर समय मानिए पनी व्यापार ठप्प भएपछि व्यापारिका लागि बैंक, वित्तिय संस्थाहरु संग लिएका ऋण तिर्न मुस्किल भइरहेको शैलुन व्यवसायी बेजनाथ ठाकुरले दुखेसो पोखे। उनले विगत  ५ बर्षदेखि रंगेलीमा शैलुन संचालन गरिरहेका छन् । 

स्थानीय उपभोक्ताहरु बजार भाउ नेपालमा भन्दा भारतमा सस्तो हुने भएकाले भारतको कुवाडी र जोगबनी बजार जाने गरेका छन्। रंगेली नगरबाट करिब ३५ किलोमिटर टाढा रहेको भारतीय बजार जाने गरेका कारण स्थानीय बजार सुनशान भएको हो । नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठ पर्व लगायतका चाडपर्व सुरु भएपनि रंगेली बाजार अझै सुनसान रहेको छ। 

कोरोना महामारीका कारण बन्द रहेको भारतीय सिमा नाकाहरु खुल्ला भएपछि स्थानीयहरुले आवश्याक समान भारतीय बजारबाट खरिद गरेका कारण रंगेलीका मुख्य बजार सुनशान देखिएको हो। मोरोङको रंगेली, डाईनिया, कर्सिया र आमबाडी लगायतका मुख्य बजार सुनशान छ। 

स्थानीय कपडा व्यापारी विनोद मण्डलका अनुसार विगतका तुलनामा यस बर्षको व्यापारमा मन्दि आएको बताउछन्। बैंकहरुले ऋण प्रवाह नगर्ने व्याज मात्र असुल गरिरहने भएका कारण पनी पुजी अभावका कारण स्थानीय बजार सुनशान भएको बताउछन् । चाडपर्वको समयमा अत्यवश्याक समानहरु कपडा, जुत्ता-चप्पल लगायद सामान आपुर्ती गर्न नसक्दा व्यापारमा भारी गिरावट आएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...