News Portal

  • मोरङको रंगेली नगरका संसारीमाइ मन्दिरमा रात्री कालिन सम्ध्या शुरु

    हिमालीसंचार संवाददाता
    १९० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको  प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको संसारीमाइ मन्दिरमा प्रदेश स्तरीय फुलपातीका बडाई तथा घटस्थापनादेखि चण्डि पाठ, परायण शुरु गरिएको छ।

    रंगेली नगरपालिका वडा नम्वर-७ मा रहेको सो मन्दिरमा प्रदेश  नम्वर १ सरकारले तीन बर्ष अगाडि विजया दशमीको फुलपातीका दिन प्रदेश  स्तरीय बडाई गर्ने निर्णय गरेपछि श्रदालु भक्तजन लगायत स्थानीय हर्षित भएका छन्।    

    मन्दिरमा ११ जना ब्रह्माण्डहरुद्वारा चण्डि पाठ सहित रात्री कालको समयमा ७ बजेदेखि १० बजेसम्म महात्मा प्रवचन पंडित कृष्णप्रसाद कोईरालाबाट महात्मा कथा बाचन समेत गरिरहेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा भजन कृतन  गर्नुका साथै झाकी समेत प्रस्तुत गरेर भक्तजनहरुलाई मनोरञ्जन समेत दिईरहेका छन् । 

    फुलपातीका दिन मन्दिरमा प्रदेश सरकाका मुख्यमन्त्री, मन्त्रीहरु तथा अन्य मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो।  फुलपाती वडाईका लागि मन्दिर व्यवस्थापन समितिले मन्दिर सजावट  गरिसकेका मंन्दिर समितिका अध्यक्ष संन्जिव श्रेष्ठले हिमालीसंचारडटकमलंग बताए ।  

    प्रदेश  नम्बर  १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शन  गर्नेका  लागि  नेपाल अधिराज्य तथा भारतका बिभिन्न ठाउँबाट समेत ठुलो सहभागिता हुदै आएको छ । बिगत दुई बर्षदेखि कोरोना महामारीका कारण भक्तजनहरुको सहभागिता कम भएता पनि यो बर्ष भने फुलपातीका दिन  करिव पाँच हजार भन्दा धेरै भक्तजनहरुको सहभागी हुने अपेक्षा रहेको समितिका सह-सचिव ईश्वर पोख्रेलले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २५ गतेको राशिफल

    आज असार २५, २०८२ (जुलाई ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...