आज : २०२६-०६-१२, शुक्रबार

मोरङको रंगेली नगरका संसारीमाइ मन्दिरमा रात्री कालिन सम्ध्या शुरु

रबिन्द्र बराल/मोरङ – मोरङको  प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको संसारीमाइ मन्दिरमा प्रदेश स्तरीय फुलपातीका बडाई तथा घटस्थापनादेखि चण्डि पाठ, परायण शुरु गरिएको छ।

रंगेली नगरपालिका वडा नम्वर-७ मा रहेको सो मन्दिरमा प्रदेश  नम्वर १ सरकारले तीन बर्ष अगाडि विजया दशमीको फुलपातीका दिन प्रदेश  स्तरीय बडाई गर्ने निर्णय गरेपछि श्रदालु भक्तजन लगायत स्थानीय हर्षित भएका छन्।    

मन्दिरमा ११ जना ब्रह्माण्डहरुद्वारा चण्डि पाठ सहित रात्री कालको समयमा ७ बजेदेखि १० बजेसम्म महात्मा प्रवचन पंडित कृष्णप्रसाद कोईरालाबाट महात्मा कथा बाचन समेत गरिरहेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा भजन कृतन  गर्नुका साथै झाकी समेत प्रस्तुत गरेर भक्तजनहरुलाई मनोरञ्जन समेत दिईरहेका छन् । 

फुलपातीका दिन मन्दिरमा प्रदेश सरकाका मुख्यमन्त्री, मन्त्रीहरु तथा अन्य मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो।  फुलपाती वडाईका लागि मन्दिर व्यवस्थापन समितिले मन्दिर सजावट  गरिसकेका मंन्दिर समितिका अध्यक्ष संन्जिव श्रेष्ठले हिमालीसंचारडटकमलंग बताए ।  

प्रदेश  नम्बर  १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शन  गर्नेका  लागि  नेपाल अधिराज्य तथा भारतका बिभिन्न ठाउँबाट समेत ठुलो सहभागिता हुदै आएको छ । बिगत दुई बर्षदेखि कोरोना महामारीका कारण भक्तजनहरुको सहभागिता कम भएता पनि यो बर्ष भने फुलपातीका दिन  करिव पाँच हजार भन्दा धेरै भक्तजनहरुको सहभागी हुने अपेक्षा रहेको समितिका सह-सचिव ईश्वर पोख्रेलले बताए ।