
काठमाडौं – राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई नेपाल सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। ‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनका लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएका थिए। उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
