News Portal

रामेछापको लिखु तामाकोसी गाउँपालिका धोबिमा बिरामी बालिकामाथि डाक्टरबाटै यौन दुर्ब्यवहार (भिडियो )

हिमालीसंचार संवाददाता
२४२ पटक

पुष्कर खड्का – रामेछाप रामेछापमा डाक्टरलेनै एक बिरामी बालिकामाथि यौनदुर्ब्यवहार गरेको छन्।लिखु तामाकोसी गाउँपालिका धोबिस्तिथ झट्टेश्वर उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक बिरामी बालिकालाइ धोवी बजारमा रहेको डिभाइन मेडिकल एण्ड हेल्थ क्लिनिकका डाक्टरले यौनदुर्ब्यवहार गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार शुक्रबार बिधालयमा साथी साथी बिच सामान्य झैझगडा भएर उपचारको लागि उक्त मेडिकलमा भर्ना भएका बिरामीलाई रातीको समयमा डिभाइन मेडिकलका डाक्टरले उपचारकक्षमा बालिकाको संवेदनशील अंगमा पटक – पटक छुदै यौनदुर्ब्यवहार गरेपछी बालिका चिच्याउदा बालिकाका बुबाले थाहा पाएपछी घटना सार्बजनिक भएको हो ।

बिरामी बालिकाका बुबा उक्त मेडिकलमा एक्लै रहेको र अाफुले केही गर्ने नसक्ने भए पछि आफन्तको घरमा राति ९ बजे हारगुहार गर्न पुगेको स्थानीयले बताएका छन् ।उक्त घटनाको सनिवार बिहान स्थानीय र डाक्टरबिच छलफल गर्दा डाक्टरले आफ्नो गल्ती भएको स्विकारेका थिए । उक्त मेडिकलका डाक्टरले घटनालाई यहीँ छिनोफानो गरौं बाहिर नलैजाउ भनेपछी स्थानीय राजनीति दलका नेताहरुको मिलेमतोमा घटनालाई ढाकछोप गर्ने दबाब दिएको स्थानीयको आरोप छ।

उक्त घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा उजुरी नपरेको प्रहरी नायब उपरीक्षक राजकुमार थिङ्ले जानकारी दिनु भयो । उहाँको जानकारी अनुसार घटनाको बारेमा अनुसन्धान गर्ने ईलाका प्रहरी कार्यालय धोबिलाई निर्देशन दिएको प्रहरीले जनाएको छ । बाकी भिडियोबाट

 

https://youtu.be/LVZc6UsUWvk

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...