News Portal

ग्याँस विक्रेता महासंघ नेपालको अध्यक्षमा चन्द्र थापा निर्वाचीत (फोटो फिचर)

हिमालीसंचार संवाददाता
५२४ पटक

काठमाडौं – ग्याँस विक्रेता महासंघ नेपालको अध्यक्षमा चन्द्र बहादुर थापा निर्वाचित भएका छन्। ५ औं महाधिवेशन तथा ९ औं साधारण सभाबाट २९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्म्मत निर्वाचित भएको छ।

महासंघको नव निर्वाचित कमिटिमा वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलाल, प्रथम उपाध्यक्ष नारायण प्रसाद पौडेल, उपाध्यक्षमा राम प्रसाद ज्ञवाली, देविलाल गैरे र गेहेन्द्र प्रसाद रिजाल, महिला उपाध्यक्ष विमला श्रेष्ठ, महासचिव लाल बहादुर के.सी सचिव राजेश दाहाल, कोषाध्यक्ष रविन कार्की, सह–कोषाध्यक्ष राधिका महर्जन र सदस्यहरूमा कृष्णराज खतिवडा, रामशरण पुडासैनी, मधुसुदन ढकाल, महेन्द्र सेठिया, दीनबन्धु साह, गोविन्दराज साह, रूपक बस्ताकोटी, रमेश भट्टराई, रामकुमार खड्का, प्रकाश तिवारी, रामचन्द्र ठकुरी, पवनराज भण्डारी, नारायणदत्त दाहाल, श्रीहरी ढकाल, रामचन्द्र कँडेल, कमल अधिकारी लगायत सर्वसम्मत निर्वाचित भएका छन्।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले काठमाडौं ठूलो भर्याङस्थित क्वालिटी ब्यांकेटमा महासंघको महाधिवेशनको उद्घाटन गरेका थिए। निर्वाचित कमिटिलाई आजै प्रमाणपत्र हस्तान्तरण गरिएको छ। विश्वेश्वर प्रसाद गौतम निर्वाचन कमिटि अध्यक्ष रहेका थिए।                                                                                                         निर्वाचित थापा यस भन्दा अगाडिको कार्यकालहरुमा  वरिष्ठ उपाध्यक्ष हुदा,पटक पटक संयोजक वनेर ग्यास उधोगीहरुसंगको अनुरोध र सहकार्यमा ग्यास विक्रेता कमिसन वृद्धि गर्न सफल भएका पात्र हुन भने यसपटक सम्बन्धित सबैको सहकार्यमा यस कारोबारलाई व्यवस्थित गर्न ग्यास विक्रेता प्रमाणिकरण अभियानलाई सफल बनाउने योजनामा छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...