News Portal

ग्याँस विक्रेता महासंघ नेपालको अध्यक्षमा चन्द्र थापा निर्वाचीत (फोटो फिचर)

हिमालीसंचार संवाददाता
४५१ पटक

काठमाडौं – ग्याँस विक्रेता महासंघ नेपालको अध्यक्षमा चन्द्र बहादुर थापा निर्वाचित भएका छन्। ५ औं महाधिवेशन तथा ९ औं साधारण सभाबाट २९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्म्मत निर्वाचित भएको छ।

महासंघको नव निर्वाचित कमिटिमा वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलाल, प्रथम उपाध्यक्ष नारायण प्रसाद पौडेल, उपाध्यक्षमा राम प्रसाद ज्ञवाली, देविलाल गैरे र गेहेन्द्र प्रसाद रिजाल, महिला उपाध्यक्ष विमला श्रेष्ठ, महासचिव लाल बहादुर के.सी सचिव राजेश दाहाल, कोषाध्यक्ष रविन कार्की, सह–कोषाध्यक्ष राधिका महर्जन र सदस्यहरूमा कृष्णराज खतिवडा, रामशरण पुडासैनी, मधुसुदन ढकाल, महेन्द्र सेठिया, दीनबन्धु साह, गोविन्दराज साह, रूपक बस्ताकोटी, रमेश भट्टराई, रामकुमार खड्का, प्रकाश तिवारी, रामचन्द्र ठकुरी, पवनराज भण्डारी, नारायणदत्त दाहाल, श्रीहरी ढकाल, रामचन्द्र कँडेल, कमल अधिकारी लगायत सर्वसम्मत निर्वाचित भएका छन्।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले काठमाडौं ठूलो भर्याङस्थित क्वालिटी ब्यांकेटमा महासंघको महाधिवेशनको उद्घाटन गरेका थिए। निर्वाचित कमिटिलाई आजै प्रमाणपत्र हस्तान्तरण गरिएको छ। विश्वेश्वर प्रसाद गौतम निर्वाचन कमिटि अध्यक्ष रहेका थिए।                                                                                                         निर्वाचित थापा यस भन्दा अगाडिको कार्यकालहरुमा  वरिष्ठ उपाध्यक्ष हुदा,पटक पटक संयोजक वनेर ग्यास उधोगीहरुसंगको अनुरोध र सहकार्यमा ग्यास विक्रेता कमिसन वृद्धि गर्न सफल भएका पात्र हुन भने यसपटक सम्बन्धित सबैको सहकार्यमा यस कारोबारलाई व्यवस्थित गर्न ग्यास विक्रेता प्रमाणिकरण अभियानलाई सफल बनाउने योजनामा छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...