News Portal

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीद्वारा अस्विकार

हिमालीसंचार संवाददाता
२५२ पटक

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेकी छन्। मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्।

संसदको दुवै सदनबाट पहिलोपटक पास भएको विधेयक राष्ट्रपति भण्डारीले  २९ साउनमा १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। उनले नागरिकता विधेयकमा आफ्नो राय प्रस्तुत गरेर फिर्ता पठाएकी थिइन्। फिर्ता आएको विधेयक पुनः संसदको दुवै सदनबाट हुबहु पास भएको थियो। 

सभामुख अग्निप्रसाद सापकोटाले गत २० भदौमा पुनः नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेश गरेको थियो। तर, मंगलबार १२ बजेभित्रको समयसीमामा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन्।

राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीसँग विधेयक सम्बन्धमा छलफल गरेकी थिइन्। उनले नेपाली सेना, कानुन व्यवसायी र संसदमा रहेका सबै दलका शीर्ष नेताहरुसँग नागरिकता विधेयक सम्बन्धमा सम्बाद गरेकी थिइन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भेटेरै नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए। गठबन्धनका शीर्ष नेताहरूले पनि प्रमाणीकारण गर्न राष्ट्रपति कार्यालयलाई दबाब बढाएको थियो। तर उनले त्यसो गरेनन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...