News Portal

  • भोजपुर खार्तम्छाकी रत्नमायाको उपचारका लागि वडाध्यक्ष राईले गरे अपील

    हिमालीसंचार संवाददाता
    ८४६ पटक

    भोजपुर – भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नम्बर ३ खार्तम्छाकी रत्न माया तामाङको आर्थिक अबस्था कमजोर भएका कारण उपचारमा समस्या भइरहेको हुदा षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले उपचारका लागि सबैसंग आर्थिक सहयोगका लागि अपील गरेका छन् ।

    वडाध्यक्ष राईले सामाजिक संजाल फेसबुक मार्फत पाठेघर पिडीत तामाङको स्वास्थ्य अबस्थाको जानकारी सहित आर्थिक सहयोगका लागि अनुरोध गरेका हुन्। नगरपालिकाकी उपमेयर प्रमिला राई, कार्यपालिका सदस्य मन्दिप रसाइली र कुन्ती राईको पहलमा ४ हजार १ सय आर्थिक सहयोग संकलन गरेर पाठेघर पिडीत तामाङको दिङलामा स्वास्थ्या परिक्षण गरिएको वडाध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। 

    वडाध्यक्ष राईका अनुसार पाठेघर पिडीत तामाङको आर्थिक अबस्था नाजुक भएका कारण उपचार हुन नसकेको समेत बताए। सामाजिक अभियन्ता समेत रहेका वडाध्यक्ष राईले यो पिडालाई आफ्नै पिडा महसूस गरी भावनामा डुब्दै आर्थिक अभावका कारण पिडासंग एउटी गरीब चेली छट्पाई रहेकी तामाङको उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका वडाध्यक्ष राईले उपमेयर प्रमिला राई, कार्यपालिका सदस्य मन्दिप रसाईली र कुन्ती राई लगायत सहयोगी सबैमा धन्यबाद सहित आभार व्यक्त गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...