News Portal

किरात राई यायोक्खा उदयपुरको महाधिवेशन सम्पन्न, अध्यक्षमा गंगा राई चयन

हिमालीसंचार संवाददाता
३६० पटक

उदयपुर – किरात राई यायोक्खा उदयपुर जिल्लाको नवौ महाधिवेशन सम्पन्न भएको छ। किराया उदयपुरको जिल्ला अध्यक्षमा गंगा राई चयन भएकी छिन् । किराया उदयपुर जिल्लाको सम्पन्न नवौं जिल्ला अधिवेशनको बन्द सत्रले गंगा राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष डिबी राई, शुभराज राई, सचिव सुरेन्द्र राई, सह-सचिव कौशिला राई, मानबहादुर राई, कोषाध्यक्ष अञ्जना राई, सह-कोषाध्यक्ष गीता राई, सदस्यहरुमा ईन्द्रबहादुर राई, आकाश राई, निशान राई, ऋषि राई, राजकुमार राई, पूर्णमानसिंह राई, प्रविण राई, केशर राई र यशोदा राई चयन भएका छन् ।

अधिवेशनको उदघाट समारोह साँझसम्म चलेको थियो। साँझदेखि सुरु बन्द सत्र आज विहान ३ बजे सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष राईले आगामी दिनमा किरात राई समुदायको साझा लक्ष्य, उदेश्य पुरा गर्ने लक्ष्य र विधान अनुसार काम गर्ने बताएकी अध्यक्ष राईले १ नं. प्रदेशलाई “किरात प्रदेश” नामकरणका लागि प्रदेशसभाको निर्वाचनमा पहिचान पक्षधरलाई सपोर्ट गर्नु पर्ने धारणा राखेकी थिईन्। 

आयोजित कार्यक्रमको उदघाटन समारोहका प्रमुख अतिथि तथा बन्द सत्रका निर्वाचन मण्डलका संयोजक किराया केन्द्रीय कमिटीका उपाध्यक्ष राकेश राईले आगामी दिनमा संगठनको राम्रो कामका लागि नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...