News Portal

  • किरात राई यायोक्खा उदयपुरको महाधिवेशन सम्पन्न, अध्यक्षमा गंगा राई चयन

    हिमालीसंचार संवाददाता
    २६९ पटक

    उदयपुर – किरात राई यायोक्खा उदयपुर जिल्लाको नवौ महाधिवेशन सम्पन्न भएको छ। किराया उदयपुरको जिल्ला अध्यक्षमा गंगा राई चयन भएकी छिन् । किराया उदयपुर जिल्लाको सम्पन्न नवौं जिल्ला अधिवेशनको बन्द सत्रले गंगा राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    नयाँ कार्यसमितिको उपाध्यक्ष डिबी राई, शुभराज राई, सचिव सुरेन्द्र राई, सह-सचिव कौशिला राई, मानबहादुर राई, कोषाध्यक्ष अञ्जना राई, सह-कोषाध्यक्ष गीता राई, सदस्यहरुमा ईन्द्रबहादुर राई, आकाश राई, निशान राई, ऋषि राई, राजकुमार राई, पूर्णमानसिंह राई, प्रविण राई, केशर राई र यशोदा राई चयन भएका छन् ।

    अधिवेशनको उदघाट समारोह साँझसम्म चलेको थियो। साँझदेखि सुरु बन्द सत्र आज विहान ३ बजे सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष राईले आगामी दिनमा किरात राई समुदायको साझा लक्ष्य, उदेश्य पुरा गर्ने लक्ष्य र विधान अनुसार काम गर्ने बताएकी अध्यक्ष राईले १ नं. प्रदेशलाई “किरात प्रदेश” नामकरणका लागि प्रदेशसभाको निर्वाचनमा पहिचान पक्षधरलाई सपोर्ट गर्नु पर्ने धारणा राखेकी थिईन्। 

    आयोजित कार्यक्रमको उदघाटन समारोहका प्रमुख अतिथि तथा बन्द सत्रका निर्वाचन मण्डलका संयोजक किराया केन्द्रीय कमिटीका उपाध्यक्ष राकेश राईले आगामी दिनमा संगठनको राम्रो कामका लागि नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...