News Portal

मुग्लिन पुलबाट हाम फालेर दोलखाका बैतेश्वरका घिमिरे बेपत्ता

हिमालीसंचार संवाददाता
३६५ पटक

पुष्कर खड्का रामेछाप मुग्लिन पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्। चितवनको इच्छाकामना गाउँपालिका वडा नं–५ स्थित चितवन र तनहुँ जोड्ने पुरानो पक्कीपुलबाट हाम फालेर दोलखाका एक युवक बेपत्ता भएका हुन्।बेपत्ता हुनेमा दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर २ (साविक गैरीमुदी ९) का २७ वर्षिय निराजन घिमिरे नदीमा हामफालेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार बागमती प्रदेश ०२–०३१ प ५२१४ नम्बरको मोटरसाइकलमा आएका युवाले मोटरसाईकल पुलमा छाडेर झोला मोटरसाइकल माथि राखेर पुलबाट नदिमा हाम फालेको बताएका छन् ।

मोटरसाईकलमा उनको झोला ,सवारी चालक अनुमति-पत्र र सुसाईट नोट भेटिएको
मुग्लिन प्रहरीले प्रहरीले बताएको छ । मुग्लिन प्रहरीका अनुसार (शुक्रबार) साँझ ५ः३० बजेको समयमा घट्ना भएको हो । बेपत्ता भएको घिमिरेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...