News Portal

  • सिन्धुपाल्चोकमा कार दुर्घटना, दोलखाका २ सहित ४ जना सामान्य घाइते

    हिमालीसंचार संवाददाता
    २२१ पटक

    पुष्कर खड्का/रामेछाप – काठमाडौंबाट चौतारा तर्फ आउँदै गरेको कार सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । बा ४ च ५६ ७७ नम्बरको सुजुकी कार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ पोखरीस्थित चौतारा बन्देउ सडकखण्डमा दुर्घटना भएको हो ।

    कार दुर्घटनामा दोलखाका २ जना सहित ४ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का २८ वर्षिय सोनाम तमाङ, २२ वर्षिय राजेश तमाङ र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर २ का ४२ वर्षिय बसन्त गिरी र प्रतिमा गिरी घाइते  भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिए । 

    डिएसपी बुढाथोकीले दिएको जानकारी अनुसार दुर्घटनामा परी घाइते हुनेहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । कार सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २५ गतेको राशिफल

    आज असार २५, २०८२ (जुलाई ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...