News Portal

नवौ राष्ट्रिय साइक्लिङ प्रदेश नं. १ स्तरीय छनौट धरानमा सम्पन्न (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६४ पटक

धरान – “खेल क्षेत्रको समग्र विकास, स्वास्थ्य समाजको निर्माण” भन्ने नाराका साथ नवौ राष्ट्रिय खेलकूदका लागि विभिन्न जिल्लाहरुमा छनौट प्रतियोगिता भइरहेको छ। धरानको वडा नं. १४ स्थित विजयपुरगढीको पञ्चकन्या मन्दिर परिसरमा साइक्लिङ तर्फको प्रदेश नं. १ स्तरीय खेलाडि छनौट हिजो शुक्रबार सम्पन्न गरिएको छ। 

नवौ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा हुन गइरहेको छ। प्रदेश खेलकुद बोर्ड तथा सुनसरी साइक्लिङ संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेश नं. १ का सुनसरी, मोरङ, इलाम, झापा र ओखलढुंगा जिल्लाका महिला तथा पुरुष खेलाडिहरु मध्येबाट छनौट गरिएको थिए। 

आयोजित साइक्लिङ प्रतियोगिता क्रस कन्ट्री र डाउहिल तर्फ छनौट गरिएको थियो । क्रसकन्ट्री पुरुषतर्फ सुनसरीका किरण लिम्बू प्रथम, उदयपुरका निमा शेर्पा दोस्रो, ओखलढुंगाका विश्वास राई तेस्रो र उदयपुरका अवतार राई चौथो भए । त्यस्तै, महिलातर्फ क्रसकन्ट्रीतर्फ इन्द्रकला लिम्बु प्रथम र आशा लिम्बु दोस्रो भएकी छन्।

त्यस्तै, डाउन हिल पुरुषतर्फ सुनसरीका दिपक जिमी प्रथम, सौगात मगर दोस्रो, समृद्ध लिम्बु तेस्रो र उदयपुरका अवतार राई चौथो भएका थिए । त्यस्तै, महिलातर्फ सुनसरीकी आशा लिम्बू प्रथम, इन्द्रकला लिम्बु दोस्रो र इलामकी तेसिका राई तेस्रो हुदै नवौ राष्ट्रिय खेलका लागि प्रदेश नं. १ बाट खेलाडि छनौट गरिएको सुनसरी साक्लिङ संघका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...