News Portal

नवौ राष्ट्रिय साइक्लिङ प्रदेश नं. १ स्तरीय छनौट धरानमा सम्पन्न (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६०२ पटक

धरान – “खेल क्षेत्रको समग्र विकास, स्वास्थ्य समाजको निर्माण” भन्ने नाराका साथ नवौ राष्ट्रिय खेलकूदका लागि विभिन्न जिल्लाहरुमा छनौट प्रतियोगिता भइरहेको छ। धरानको वडा नं. १४ स्थित विजयपुरगढीको पञ्चकन्या मन्दिर परिसरमा साइक्लिङ तर्फको प्रदेश नं. १ स्तरीय खेलाडि छनौट हिजो शुक्रबार सम्पन्न गरिएको छ। 

नवौ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा हुन गइरहेको छ। प्रदेश खेलकुद बोर्ड तथा सुनसरी साइक्लिङ संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेश नं. १ का सुनसरी, मोरङ, इलाम, झापा र ओखलढुंगा जिल्लाका महिला तथा पुरुष खेलाडिहरु मध्येबाट छनौट गरिएको थिए। 

आयोजित साइक्लिङ प्रतियोगिता क्रस कन्ट्री र डाउहिल तर्फ छनौट गरिएको थियो । क्रसकन्ट्री पुरुषतर्फ सुनसरीका किरण लिम्बू प्रथम, उदयपुरका निमा शेर्पा दोस्रो, ओखलढुंगाका विश्वास राई तेस्रो र उदयपुरका अवतार राई चौथो भए । त्यस्तै, महिलातर्फ क्रसकन्ट्रीतर्फ इन्द्रकला लिम्बु प्रथम र आशा लिम्बु दोस्रो भएकी छन्।

त्यस्तै, डाउन हिल पुरुषतर्फ सुनसरीका दिपक जिमी प्रथम, सौगात मगर दोस्रो, समृद्ध लिम्बु तेस्रो र उदयपुरका अवतार राई चौथो भएका थिए । त्यस्तै, महिलातर्फ सुनसरीकी आशा लिम्बू प्रथम, इन्द्रकला लिम्बु दोस्रो र इलामकी तेसिका राई तेस्रो हुदै नवौ राष्ट्रिय खेलका लागि प्रदेश नं. १ बाट खेलाडि छनौट गरिएको सुनसरी साक्लिङ संघका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...