News Portal

काठमाडौँमा नक्कली प्रहरी बनेर लुटपाट गर्नेे रामेछापका मिनबहादुर सहित ३ जना पक्राउ

हिमालीसंचार संवाददाता
२५४ पटक

पुष्कर खड्का-   रामेछापको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा नक्कली प्रहरी बनेर लुटपाट गर्नेे रामेछापको सुनापाती गाउँपालिका -१ का मिन बहादुर तितुङ (रोहित) सहित ३ जना पक्राउ परेका छन् । काठमाडौँको ठमेलमा संचालित ओरियण्टल मनी एक्सचेन्जका कर्मचारीलाई आफूहरु प्रहरी हो भन्दै लुटपाट गर्ने तितुङ सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको सुनापाती गाउँपालिका – १ नम्बर वडा स्थायी घर भई कपन बस्ने २० वर्षीय मिन बहादुर तितुङ (रोहित), भोजपुरको रामप्रसाद राई गाउँपालिका -१ नम्बर स्थायी ठेगाना भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ र सिन्धुलीको मरिण गाउँपालिका -३ नम्बर स्थायी ठेगाना भई कपन बस्ने ३० वर्षीय देव लामा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार गत २२ गते राती ७ बजेको समयमा मनी एक्सचेन्ज पसल बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्यांकी नजिकै पुग्दा ३ वटा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले आफूहरू प्रहरी हुँ भन्दै मोटरसाइकलमा जवरजस्ती राखी म्हैपी, सोहखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्याई हातपात गरी साथमा रहेको नगद ३० लाख २३ हजार २०८ रुपैँया, आईफोन मोबाईल, लाईसेन्स र ब्लु बुक समेत रहेको झोला लुटेर फरार भएका थिए ।

लुटपाट गरि फरार भएका मिन बहादुर तितुङ (रोहित) सहित ३ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलको विशेष अनुसन्धान टोलीले काठमाडौँ कपनबाट घटनामा प्रयोग गरेका तीन वटा मोटरसाइकल सहित बुधबार पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि बिहिबार जिल्ला प्रहरी परिसर, टेकु पठाईएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...