News Portal

  • नेपाल बैंकले बचत तथा मुद्दति खातामा आकर्षक व्याजदर

    हिमालीसंचार संवाददाता
    २६६ पटक

    काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ। बैंकले शुक्रबार नयाँ व्याजदर सार्वजनिक गरे अनुसार बैंककले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म व्याज दिने उल्लेख गरिएको छ।

    यस्तै, मुद्दतिमा अधिकतम १३.१३ प्रतिशतसम्म व्याज तोकेको छ । यसमा ब्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई १३.१३ सम्मको व्याजदर तोकेको जनाएको छ ।

    अधिकतम व्याजदर पाइने बचत खाताहरु: कर्मचारी स्यालरी सेभिङ खाता- ९.१३ प्रतिशत, नारी सम्मान बचत खाता –  ९.१३ प्रतिशत, पायनियर बचत खाता – ९.१३ प्रतिशत, युवा बचत खाता –  ९ .१३ प्रतिशत र रेमिट्यान्स बचत खाता – १०.१३ प्रतिशत सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुने जनाएको छ । 

    हाल चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ रहेको यस बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२९ प्रतिशतले नाफा बढाउन सफल भएको थियो । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको हो । सो अवधिमा बैंकले एक खर्ब ९६ अर्ब ६ करोड ३९ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    नेपाल बैंकको नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ । बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।

    विस्तृतमा हेर्नुहोस् नयाँ व्याजदर:

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...