News Portal

मोरङको रंगेली नगरपालिकाले ५८ औं बाल दिवस भव्य रुपमा मनायो

हिमालीसंचार संवाददाता
२८२ पटक

भाद्र ३०, २०७९ 

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले  ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा एक दिने नगर स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आयोजना गरी भव्य सम्पन्न गरेको छ। 

आयोजित प्रतियोगितामा नगर भित्र रहेका सामुदायिक बिधालय र नीजि बिधालयहरुको सहभागी रहेको थियो । कार्यक्रममा हिज्जे तथा स्पेलिङ्ग प्रतियोगिता,  हाजिरी जवाफ प्रतियोगिता,  तुला प्रतियोगिता, विक्रय प्रतियोगिता गरिएको आयोजना गरेको  थियो । 

नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता पव्लिक उच्च माध्यमिक बिधालयको प्रांगणमा कार्यक्रम आयोजना गरिएको थियो। नगरले विद्यार्थीहरुको क्षमता अभिवृद्धि, ज्ञान सुधार, प्रतिष्पर्धी बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताका लागि तयारी गर्ने उदेश्यले यस हाजरी जवाफ प्रतियोगिताको आयोजना गरिएको शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डितले हिमालीसंचैरडटकमसंग बताए ।  

रंगेलीका नगर प्रमुख दिलिप बगडियाले सम्पूर्ण बिद्यार्थीका चौर्तफी बिकासका लागि यस्ता कार्यक्रमको आयोजना गर्ने र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने प्रमुख अतिथि समेत रहेका बगडियाले यसितो धारणा दिए । 

निवन्ध प्रतियोगितामा पब्लिक माध्यमिक बिधालय प्रथम, मिनिल्याण्ड ईङ्लिङ बोर्डिङ स्कुल द्वितीय र जनप्रिय माध्यमिक बिधालय तृतीय भएका थिए। त्यसैगरी हाजिरी जवाफ प्रतियोगितामा रंजनी एकाडेमि स्कूल प्रथम, महालक्ष्मी माध्यमिक वधालय दोस्रो र जनता माध्यमिक विधालय बहुवान तृतीय भए। वक्तृत्व कलामा प्रतियोगितामा न्यू स्टार बोर्डिङ  स्कूल प्रथम र मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल द्वितीय र पार्वती माध्यमिक बिधालय तृतीय भए। त्यसैगरी हिज्जे प्रतियोगितामा ज्ञान ज्योति ईङ्लिस बोर्डिङ स्कुल प्रथम, भानु मेमोरियल एकाडेमी द्वितीय र प्रगतिशील माध्यमिक बिधालय द्वितीय भए। 

बिजेता, उपविजेताहरुलाई कार्यक्रमको प्रमुख अतिथि रंगेली नगर प्रमुख दिलिप बगडिया, बिशिष्ठ अतिथि उपमेयर भुमा पराजुली, शिक्षा साखा प्रमुख रबिन्द्र पंडित, सशस्त्र प्रहरी बल रंगेलीका प्रमुख निगम राई र शिक्षा शाखाका सुनिल कुमार साहले पुरस्कार वितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...