News Portal

नेशनल सेलिब्रेटी अवार्ड २०७९ को आवेदन फारम खुल्ला

हिमालीसंचार संवाददाता
४१९ पटक

भाद्र २९, २०७९

सन्जिब कोयी/काठमाडौं – साहित्य सरोवर मिडिया प्रालि र न्यु अञ्जना डिजिटल म्युजिक प्रालिको संयुक्त प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०७९ अवार्डको पहिलो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेशनल सेलिब्रेटी अवार्ड २०२२ मा सहभागी हुन २०७९ कातिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक जसबहादुर याक्खाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्डका निर्देशक अर्जुन पन्तले हिमालीसंचारडटकमलाई जानकारी दिए ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्वधन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको नेशनल सेलिब्रेटी अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने सदस्य सचिव रोशन पोखरेलले जानकारी दिए । सष्टा र सस्कृतिको संरक्षणको लागि निरन्तर रुपमा आयोजक सस्था लागी परेको सस्थाका अध्यक्ष सन्तोष कटवालले जानकारी दिए ।

नेशनल सेलिब्रेटी अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु-याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको आवेदन फारम अनलाइन मार्फत समेत भर्न सकिने आयोजक सस्थाले जनाएका छन्। 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...