News Portal

नेशनल सेलिब्रेटी अवार्ड २०७९ को आवेदन फारम खुल्ला

हिमालीसंचार संवाददाता
४५४ पटक

भाद्र २९, २०७९

सन्जिब कोयी/काठमाडौं – साहित्य सरोवर मिडिया प्रालि र न्यु अञ्जना डिजिटल म्युजिक प्रालिको संयुक्त प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०७९ अवार्डको पहिलो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेशनल सेलिब्रेटी अवार्ड २०२२ मा सहभागी हुन २०७९ कातिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक जसबहादुर याक्खाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्डका निर्देशक अर्जुन पन्तले हिमालीसंचारडटकमलाई जानकारी दिए ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्वधन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको नेशनल सेलिब्रेटी अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने सदस्य सचिव रोशन पोखरेलले जानकारी दिए । सष्टा र सस्कृतिको संरक्षणको लागि निरन्तर रुपमा आयोजक सस्था लागी परेको सस्थाका अध्यक्ष सन्तोष कटवालले जानकारी दिए ।

नेशनल सेलिब्रेटी अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु-याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको आवेदन फारम अनलाइन मार्फत समेत भर्न सकिने आयोजक सस्थाले जनाएका छन्। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...