News Portal

मोरङको लेटाङबाट सम्पर्कबिहिन तीन जना बालिका विराटनगरमा फेला प-यो

हिमालीसंचार संवाददाता
३८९ पटक

रविन्द्र बराल/विराटनगर – मोरङ जिल्लाको लेटाङ नगरपालिकाबाट शनिबार बिहान सम्पर्कविहीन भएका तीन जना बालिका विराटनगरमा फेला परेका छन्। अभिभावकसंग सम्पर्कविहीन भएको २४ घण्टापछि उनीहरु फेला परेको प्रहरीले जनाएको छ। 

मोरङको लेटाङ नगरपालिका वडा नं. बस्ने १३ वर्षीया रक्षा दर्नाल, लेटाङ वडा नं. ४ बस्ने १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईलाई विराटनगर मोरङको महानगरपालिका वडा नं. १४ जतुवास्थित देवी राईको घरमा फेला पारिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

प्रहरीले घटनाको जानकारी पाएर खोजी गर्ने क्रममा तीन जना बालिकाहरुको सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो। घरबाट तीन जना बालिकाहरु फुटबल हेर्न निस्केका थिए। उनीहरु अभिभावकसंग सम्पर्कविहीन भएको भन्दै आइतबार प्रहरीलाई खबर आएको श्रेष्ठले बताए।

प्रहरीले सविनाकी आमाको घरमा बालिकालाई फेला पारिएको हो। १२ वर्षअघि आमाले दोस्रो बिहे गरेपछि सविना हजुरआमासँग मोरङको लेटाङमा बस्दै आएको डिएसपी श्रेष्ठले बताए। लेटाङबाट सम्पर्कविहीन भएका तीनैजना बालिका लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत हुन्। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...