News Portal

धरानमा “खुवालुङ” भोली २७ गतेदेखि प्रदर्शन हुने, सम्पूर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
४३८ पटक

धरान – किरात सभ्यता, संस्कृति र मुन्धुममा आधारित नाटक ‘खुवालुङ’ भोली सोमबार भाद्र २७ गतेदेखि असोज ५ गतेसम्म धरानको सभागृह हलमा प्रत्येक दिन साझ ५ः३० बजे ‘शुक्रबार, शनिबार र आइतबार १ बजे’ नाटक मञ्चन हुने आयोजकले बताएको छ।

खुवालुङ नाटक काठमाडौं स्थित मण्डला थ्रेटरमा ४२ शो मञ्चनपछि पुर्वाञ्चलको धरानमा प्रदर्शन हुन लागेको हो। खुवालुङ नाटकको लेखक राजन मुकारुङ र निर्देशक किरण चाम्लिङ राईले गरेका छन्। धरानमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले समन्वय गरेको हो। 

खुवालुङ अरुण, तमोर र दुधकोशीको संगम स्थल त्रिवेणीमा अबस्थित किरातीहरुको धरोहर, मुन्धुमी शक्ति केन्द्र राज्यको सास्कृतिक सम्पदा भएको हुदा यसको राज्यले संरक्षण गर्नु पर्ने अभियन्ताहरुले बताइ रहेका छन् । यसको व्यापकता र दस्तावेजीकरण गर्नु पर्ने उनीहरुको भनाई छ। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...