News Portal

झापाको विभिन्न स्थानमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा ३ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
२३५ पटक

भाद्र २६,२०७९
अविन माबो/झापा
– झापा जिल्लाको विभिन्न तीन ठाउमा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा ३ जना युवाको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो अपराह्न याङबरक गाउँपालिका वडा नं. ६ पाँचथर घर भई बुद्धशान्ति वडा नं. २ बस्दै आएका ३२ वर्षीय कमल बराइली, बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाइते भएका रसाईलीको बीएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ। 

त्यस्तै, हल्दीबारी गाउँपालिका वडा नं. ५ बस्ने ६१ वर्षीय ओमबहादुर थाम्सुहाङले स्थानीय भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ। 

मेचीनगर नगरपालिका वडा नं. ५ स्थित स्थानीय हडिया खोलामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लिग हुदा गम्भीर घाइते भएका मेचीनगर नगरपालिका वडा नं. ११ धाईजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...