News Portal

रंगेली नगरपालिकाको बेवास्ताका कारण नगरमा छाडा चौपाया नियन्त्रण हुन सकेन

हिमालीसंचार संवाददाता
२८४ पटक

भदौ २४ शुक्रबार  २०७९

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले सडकमा छाडा चौपायाले सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना निकालेको दुई महिना बितिसक्दा समेत त्यसको कुनै पनि काम कार्वाही अगाडि बडाउन सकेको छैन । 

नगरले साउन ५ गते आफ्नो आधिकारिक फेसबुक पेजमा नगरको लेटरप्यड सहितको सूचना प्रकाशित गरेको थियो । तर, भाद्र २४ गते बितिसक्दा समेत नगरको बेवास्ताका कारण हुलाकी सडकमा दैनिकी सडक दुर्घटना निम्त्याउने सम्भावना उस्तै छ ।  

सडकमा खसी, बाख्राले सबै भन्दा बढी नगरको धर्मशाला, नेपाली टोल नगरको मुख्य बजारमा बस्ने सर्वसाधारणहरुले बिहान ६ बजेदेखि बजार तर्फ खशी-बाख्रा छाडिदिने गरेका छन । यसरी हुलाकी सडकमा दर्जनौ खसी-बाख्रा छोड्ने गरेका कारण साना तथा ठुला सवारीसाधनहरुलाई आवतजावतमा    समस्या हुने गरेको छ । 

नगरले सिमाक्षेत्रदेखि मुख्य बजार हुदै बक्राह खोलासम्म सडकको दायाँबायाँ हरयाली बनाउने उद्घेश्यले बृक्षारोपन गरेर तारको घेराबेरा लगाएता पनि सडक पेटीमा हुर्किदै गरेका बिरुवाहरु सडकका छाडा खसी-बाख्राले खाईदिए पछि अहिले बिरुवा हुर्कन सकेको छैन । 

सडकमा छोडिएको खुल्ला चौपायाका कारणले गर्दा गाउँ-घरमा  किसानहरुले लगाएको अन्न बालीमा समेत  नोक्सानी पुग्ने हुँदा  दैनिक गाउँ-घरमा समेत झैझगडा हुने गरेको छ । नगरले यसरी  ७ दिने सूचना प्रकाशित समेत गरेको थियो । 

नगरको सूचनामा भनिएको छ; “छाडा चौपाया तथा सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना । मिति २०७९/०३/०५ यस रंगेली नगरपालिका अन्तर्गत बजार क्षेत्रको सडक पेटीमा पसल व्यवसाय संचालन गर्ने तथा छाडा पशु चौपाया जथाभावी छोड़ने जस्ता कार्य गर्नाले यस नगरपालिका भित्र दिन प्रतिदिन सडक दुर्घटना, फोहोरमैला, तथा नगर क्षेत्र भित्रका सडक पेटीका विरुवा तथा किसानहरुले लगाएको बालीनाली खाई हानी नोक्सानी पुग्ने हुँदा नगर भित्रका नगरवासी तथा किसानहरु पिडित हुने लगायतका कार्यहरु बढ्दै गएको हुनाले सूचना प्रकाशन भएको मितिले ७ सात दिन भित्र कार्य पुर्ण रुपमा रोक्नुहुन यो सूचना जारी गरिएको छ । साथै त्यसरी नगर क्षेत्र भित्र छाडा चौपाया छाड्ने र सडक पेटीमा पसल व्यवसाय संचालन गर्ने व्यक्ति वा समुहलाई प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...