आज : २०२६-०६-१२, शुक्रबार

किरात राई पत्रकार संघ काठमाडौं उपत्यकाको अध्यक्षमा श्याम राई सर्वसम्मत चयन

काठमाडौं – किरात राई पत्रकार संघ उपत्यका समन्वय समितिले नयाँ नेतृत्व चयन गरिएको छ । किरात राई यायोक्खाको मुख्यालय कोटेश्वरमा सम्पन्न ५ औं अधिवेशनले पत्रकार श्याम राईको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संधले समितिको उपाध्यक्ष मकल राई, उपाध्यक्ष बबिता राई, सचिव धनबल राई, सहसचिव तेज किराती र कोषाध्यक्ष जेनी राई चयन गरेको छ। गठीत ९ सदस्यीय बन्ने जनाएको छ भने बाँकी २ जना सदस्य समितिको पहिलो बैठकले चयन गर्ने बताएको छ। 

आयोजित कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गणेश राई गरिएको छ। विशिष्ठ अतिथिको रूपमा रहेका राईलाई समितिले सम्मान-पत्र सहित किराती परम्पराअनुसार शीरमा फेटा बाँधि सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा किरात राई पत्रकार संघको ५ औं केन्द्रीय अधिवेशन आयोजक समितिका संयोजक अवतार राई रहेका थिए । आयोजक समितिका सदस्य-सचिव कृष्णजित राई र किरात राई पत्रकार संघका निवर्तमान केन्द्रीय सचिव सन्दीप राईको समेत उपस्थिति थियो ।