News Portal

खोटाङको केपिलासगढी गाउँपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई पुरस्कृत ग-यो

हिमालीसंचार संवाददाता
३५५ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने दुई जना विधार्थीलाई प्रोत्साहन स्वरुप जनहि एक-एक लाख नगद पुरस्कार सहित पुरस्कृत गरेको छ।

केपिलासगढी गाउँपालिका भित्रका सामुदायिक विधालयबाट शैक्षिक सत्र २०७८ मा एसईई दिएकामध्येमा उत्कृष्ट अंक ल्याउने छात्र-छात्रालाई गाउँपालिकाले नगद एक-एक लाख र प्रमाण-पत्र सहित पुरस्कृत गरेको हो। 

५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पृथ्वी माध्यमिक विधालय बाक्सिलामा आयोजित कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने थर्पुडाँडा माध्यमिक विधालयमा अध्ययनरत सप्तेश्वरका छात्र रेडस्टार राई २.९० जिपिए र पृथ्वी माध्यमिक विधालय बाक्सिलामा अध्ययनरत छात्रा युनिशा राई २.८५ जिपिएलाई जनही नगद एक-एक लाख सहित पुरस्कृत गरिएको हो।

पुरस्कृत भएका विधार्थी छात्र रेडस्टार राई र छात्रा युनिशा राई गाउँपालिका बाहिर रहेकाले उनीहरुको अभिभावकलाई गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले अभिभावकलाई प्रमाण-पत्र सहित नगद एक-एक लाख पुरस्कार प्रदान गरेका थिए। 

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अनुसार छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। यो बर्ष एसईईमा गाउँपालिकाभरका सातवटा सामुदायिक विधालयबाट २५२ जना विधार्थीले परीक्षा दिएका थिए। 

गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भएको थियो। उक्त परिक्षामा गाउँपालिका भित्रबाट उत्कृष्ट अंक ल्याउने विधार्थीलाई गाउँपालिकाले पुरस्कृत गरेको हो। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...