News Portal

कप्तान सन्दीपले क्यानलाई भने- ‘म निर्दोष छु, सीपीएल खेलेर फर्किन्छु’

हिमालीसंचार संवाददाता
२३६ पटक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् ।

उनका अनुसार ‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर । सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्नता नभएको र निर्दोष  भएको बताए,’ मल्लले भने, ‘मैले तिमीविरुद्ध मुद्दा परिसक्यो भन्दा उनले कानुनी उपचारमा क्यानले सहयोग गरिदिन भनेका थिए। 

सन्दीपलाई कहिले फर्किन्छौं भन्दा उनले सीपीएल खेलेर फर्किने बताएको जानकारी दिए । ‘मैले तिमी फर्किनुपर्छ भन्दा उनले म सीपीएल सकिएर नै फर्किन्छु भने,’ मल्लले भने । मल्लले यस विषयमा आईसीसी र एसियन क्रिकेट काउन्सिलले पनि चासो देखाएका छन्। मल्लले उनीहरुलाई जवाफ दिएर पठाएको बताए ।  ‘आईसीसी र एसीसीले चासो देखाएको थियो । मैले उहाँहरुलाई जवाफ पठाइसकेको छु । 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...