News Portal

राष्ट्रिय आविष्कार केन्द्रलाई म्हपी निवासी एक युवाले दिए कार उपहार !

हिमालीसंचार संवाददाता
५७० पटक

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रलाई काठमाडौं म्हपी निवासी अनन्त मल्लले आफुले चलाउदै गरेको सेतो रंगको बा ३ च ४९५० नम्वरको टोयोटा कार दान गरेका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले चालु अबस्थामा रहेको टोयोटा कार आविष्कार केन्द्रलाई प्राप्त भएको बताए। मल्लद्वारा प्राप्त टोयोटा कारलाई चलाएरै आविष्कार केन्द्र भित्रयाएको बताए। उनले उपहार स्वरुप प्राप्त कारको राम्रोसंग सदुपयोग गरिने बताए। 

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनका अनुसार यो भन्दा अगाडि एक जीप र मोटरसाइकल समेत दानको रुपमा प्राप्त गरेको जानकारी दिए। उनले टोयोटा कार दाता मल्ललाई  आभार सहित धन्यबाद दिएका छन्। 

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् “राष्ट्रिय आविष्कार केन्द्रले पनि टोयोटा कोरोला कार पायो बाई। काठमाडौँको म्हपी निबासी भाई अनन्त मल्लले आफुले चलाएको तर आजभोली नचलाउने तर चालु अवस्थाको कार राष्ट्रिय आविष्कार केन्द्रलाई दान गरेका छन। सो कारलाई चलाएरै आविष्कार केन्द्र भित्र्याइयो। अब यो कारको राम्रो संग सदुपयोग हुनेछ। यो भन्दा अगाढी आविष्कार केन्द्रले जीप र मोटरसाइकलहरु पनि दानको रुपमा प्राप्त गरेको थियो। कार दाता भाई लाई धेरै धन्यबाद छ।”

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...