News Portal

  • मन्त्री श्रेष्ठको दबाबमा पक्राउ परेका सुरक्षा गार्ड गुरुङ चौतर्फी दबाबपछि छुटे

    मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप!

    हिमालीसंचार संवाददाता
    १९१ पटक

    काठमाडौ – संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी साधारण तारेखमा रिहा गरिएको बताए ।

    प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार; ‘गुरुङबारे प्रहरीबाट आएको फाइल अध्ययनपछि आवश्यक प्रक्रिया पूरा गरेर साधारण तारेखमा रिहा गरिएको छ ।’ गुरुङसँग प्रशासनले केहीबेर बयान समेत लिएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

    बयानमा उनले आफूले कुनै गल्ति नगरेको र आफ्नो ड्युटी पूरा गरेको बयान दिएका थिए। मुलुकी अपराध संहिताको अभद्र व्यवहारसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

    रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ । तर, त्यसअघि नै गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको हो । सोमबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजाललाई निर्देशन दिएका थिए । त्यसको केही बेरमै रिजालले प्रहरीलाई बोलाएर गुरुङसम्बन्धी फाइल जिल्ला प्रशासन कार्यालयमा पेस गर्न निर्देशन दिएका थिए ।

    नेपाल श्रमिक आपूर्तिकर्ता संघका तर्फबाट अध्यक्ष रामेश्वर शाहले गुरुङलाई पक्राउ गरी थुनामा राखेकोमा आपत्ति जनाउँदै रिहा गर्न माग गरेका थिए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले पनि गुरुङलाई नियन्त्रण लिएको खबर पछि आपत्ति जनाउँदै सरकारको ‘अलोकतान्त्रिक, हैकमवादी र स्वेच्छाचारी क्रियाकलाप’ भन्दै तत्काल रिहा गर्न विज्ञप्तिमार्फत आग्रह गरेका थिए ।

    चौतर्फी रुपमा निर्दोषलाई सत्ताको आडमा थुनाएको भन्दै विरोध भएपछि मन्त्री श्रेष्ठको सचिवालयले पनि ‘गुरुङले गल्ती महसुस गरेको’ जिकिर गर्दै उनलाई नियन्त्रणमुक्त गरिदिन आग्रहसहित विज्ञप्ति जारी गरेको थियो । त्यसपछि प्रशासन आफैंले म्याद थप गर्न लगाएको निर्णयबाट पछि हटेर गुरुङलाई थुनामुक्त गरेको हो । यस घटनाले सत्ताको आडमा निर्दोषलाई पक्राउ गर्ने र चौतर्फी दबाबपछि बाध्य भएर पछि हट्ने सत्ताको नियत छताछुल्ल पारिदिएको छ ।

    मन्त्री श्रेष्ठले सत्ता र शक्तिको आडमा गुरुङलाई पक्राउ गर्न लगाएको भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ । आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री श्रेष्ठले उनका अंगरक्षक रवीन कार्कीमार्फत शुक्रबार ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा कार्यरत सुरक्षा गार्ड गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

    भिसा सेन्टरमा बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठले लाइन मिच्न खोजेपछि गुरुङले रोकेका थिए । तर, मन्त्री श्रेष्ठ र उनका अंगरक्षकले उल्टै बलजफ्ती गरेर भित्र छिर्न खोजेपछि गुरुङले रोक्दै प्रतिवाद गर्दा स्थिति असहज बनेको थियो । त्यसपछि मन्त्री श्रेष्ठको निर्देशनमा उनका अंगरक्षक कार्कीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय १८ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

    मन्त्री श्रेष्ठ शुक्रबार बिहान आफ्ना श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अंगरक्षकसहित भिसा सेन्टर पुगेका थिए । मन्त्री भन्दा अघि अरु सेवाग्राहीको पनि लाइन थियो । मन्त्रीको टोली लाइन मिचेर अघि बढ्न खोज्यो । तर, ड्युटीमा खटिएका सुरक्षा इन्चार्ज गुरुङले रोक्दै सामान्य नागरिकजस्तै लाइनमा बस्न आग्रह गरे । गुरुङले रोकेपछि अंगरक्षक कार्कीले ‘उहाँ मन्त्रीज्यू हुनुहुन्छ, जान दिनुस’ भनेर चर्को स्वरमा हप्काएको गरुड सेक्युरिटिजले जनाएको छ । तर, गुरुङले लाइन नमिच्न आग्रह गरे ।

    गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुरक्षाकर्मी हुन् । गुरुङले मन्त्री आउने पूर्वजानकारी नभएको र नियम सबैका लागि बराबर रहेको भन्दै अगाडि बढ्न दिएनन् । त्यसपछि स्थिति असहज बन्यो । त्यही बेला मन्त्री श्रेष्ठ आफैं सुरक्षा गार्डमाथि जाइलागेको गरुडका प्रशासन प्रमुख अभिशेकजंग कार्कीले बताए ।

    भिसा सेन्टरबाट फर्किएलगत्तै गुरुङलाई थुन्न मन्त्रीका अंगरक्षक कार्कीले जाहेरी दिएका थिए । आइतबार उनलाई प्रशासनले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा त्यसको विरोधपछि सोमबार सरकार आफ्नै निर्णयबाट पछि हटेर गुरुङलाई रिहा गर्न बाध्य भएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...